१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्कर्ट लगाउँदा ख्याल राखौं

मिनी स्कर्टमा युवतीहरू स्मार्ट र राम्रा देखिन्छन् । दिन प्रतिदिन स्कर्टमा उनीहरूको आर्कषण बढ्दो छ । गर्मी मौसम सुरु हुनासाथ छोटो खालका स्कर्टमा युवतीहरू ठाँटिने गर्छन् । तर, यस्ता छोटो स्कर्ट लगाउँदा केही कुराहरूमा ख्याल राख्नुपर्ने हुन्छ :
१) ठाउँ हेरेर आफूलाई सहज हुने खालका कपडा लगाउनुपर्छ । स्कर्ट लगाउँदा सकेसम्म कसिलो नलगाउँदा बेस हुन्छ । किनकी कसिलो कपडा प्रयोग गर्नाले उठ्न र बस्न असहज हुन्छ ।
२) साइक्लिङ सर्टस् लगाएर मात्रै स्कर्टको प्रयोग गर्न सकिन्छ । यसले सहज बनाउनुका साथै अन्डर वेयर ढाक्न पनि सघाउ पुर्याउँछ ।
३) मिनी स्कर्ट लगाउँदा खुट्टालाई विशेष ध्यान दिनुपर्छ । खुट्टालाई सफा र आकर्षक बनाउन जरुरी हुन्छ । जुत्ता पनि आफूलाई सहज हुने खालको लगाउनुपर्छ ।
४) ग्ल्यामरस खालको मिनी स्कर्ट लगाउँदा प्यान्टि लाइन्स नदेखियोस् भन्ने कुरामा ख्याल गर्नुपर्छ । भत्ता नदेखियोस् भन्नाका लागि लागि सिमलेस अन्डर वेयर अथाव सेप हुने खालका अन्डर वेयरको प्रयोग गर्नुपर्छ ।
५) आफूलाई सहज हुने र सुहाउँदो खालको मिनी स्कर्ट लगाउनुपर्छ । आफूले लगाएको कपडामाथि कन्फिडेन्ड हुनुपर्छ ।

 

प्रकाशित: २ श्रावण २०७४ ०९:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App