१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

भरतपुर–१९ मा सुरक्षा व्यवस्था कडा

चितवन – भरतपुर महानगरपालिका–१९ मा शुक्रबार हुने निर्वाचनमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। 

एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिँंदैछ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिँंदैछ। 

बुधबार साँझदेखि वडामा प्रवेश गर्ने सवारीसाधनलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिँंदैछ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिँंदैछ। 

भरतपुर–१९ मा तीन मतदानस्थलमा छ मतदान केन्द्र छन्। किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन्। 

गत जेठ १४ गते राति गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गत आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो । रासस 

प्रकाशित: १९ श्रावण २०७४ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App