१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मण्डलामा सांगीतिक नाटक

काठमाडौं – एउटा छोटो दूरीको यात्रामा एक युवकमाथि घटेको घटना र त्यो घटनाले उसले भोगेको मानसिक उथलपुथललाई कथात्मक रुपमा प्रस्तुत गरिएको नाटक ‘को १ छ, छ १ छ’ मण्डला थिएटरमा शुक्रबारबाट मञ्चन हुँदैछ । सांगीतिक नाटक आधा सुरका रूपमा चिनिएका संगीतकार रोशनराज थापाको कथा, परिकल्पना तथा निर्देशनमा तयार भएको हो । नाटकमा संगीत पनि उनकै छ । 

लोटस इन्टरटेनमेन्टको उत्पादन तथा जिरो सर्कल इन्टरटेनमेन्टको प्रस्तुतिमा मञ्चन हुन लागेको नाटक सिजन दाहालले तयार पारेका हुन् । निर्देशक थापाका अनुसार एउटा ग्रामीण भेगको युवकले एक दिवसीय बस यात्राका क्रममा एउटी युवती भेटेपछि युवतीको सुन्दरताबाट प्रभावित भएर काल्पनिक यात्रा सुरु गर्छ । ‘आफ्नो प्रणय–आकांक्षालाई युवतीसामु प्रकट गर्ने उपायको खोजीमा भौंतारिएको युवकले कल्पनाका कस्ता कस्ता तह पार गर्छ भन्ने कुरा नाटकको केन्द्रीय विषय हो,’ उनले भने, ‘सांगीतिक नाटक भएकोले यसमा गीतसंगीतको प्रधानता छ भने संवादको विरलै प्रयोग छ ।’

ललितकला क्याम्पसबाट संगीत विषयमा अध्ययन गरेका रोशनले थुप्रै नाटक तथा फिल्ममा संगीत दिइसकेका छन् । उनले प्रत्यक्ष संगीत दिएका नाटकमा ‘डिग्री माइला’, ‘मितज्यू’, ‘सिरुमारानी’, ‘एक बोली एक दाम’ छन् भने फिल्ममा ‘कबड्डी’, ‘डाइङ क्याण्डल’, ‘धनपति’ पर्छन् । नाटक भदौ १७ गतेसम्म मञ्चन हुनेछ ।

 

प्रकाशित: २७ श्रावण २०७४ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App