१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोको डरले रातभर जाग्राम

रुकुम – अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ। 

गाउँमाथि र तलबाट दैनिकजसो पहिरो खस्न थालेपछि जोखिम बढ्दै गएकाले स्थानीयवासी पानी पर्न थालेपछि रातभर जाग्राम बस्ने गरेका छन्। 

पहिरोको मारमा साविकको झुला गाविसका ४ र ६ वडाका करिब ६० घरधुरीलाई समस्या भएको स्थानीयवासी प्रेम केसीले जानकारी दिए। पहिरोका कारण गाउँमा रहेको विद्यालयको धारा र खेलमैदान पुरिएको छ भने विद्यालय भवन पनि पहिरोको उच्च जोखिममा छ। 

गाउँमाथि र तल्लो भागबाट सडक खनेकाले अहिले पहिरो खस्न थालेको उनको भनाइ छ । पहिरो बढ्दै गएपछि गाउँ नै पुरिने डरले स्थानीयवासी रातभर जाग्राम बस्ने गरेका छन्। 

“दिनदिनै पहिरो थपिएको थपियै छ,” प्रेम केसीले भने, “वैकल्पिक व्यवस्था नहु‘दा गाउँबाट अन्त जान पनि सकिएको छैन । पहिरो बढ्दै गएकाले दिनभर पनि त्रासमै घरमा बस्नुपर्ने अवस्था छ।” पहिरो रोकथाम र वैकल्पिक व्यवस्थाका लागि सदरमुकामका विभिन्न निकायमा सहयोग माग गरेपनि बेवास्ता गरिएको स्थानीयवासीले जनाएका छन् ।रासस 

प्रकाशित: ५ भाद्र २०७४ ०९:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App