१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लन्डनमा नेपाली पहिरन

काठमाडौं – निर्माता तथा फेसन डिजाइनर पुनम क्षेत्री गौतमले डिजाइन गरेका नेपाली डिजाइन लन्डनमा प्रदर्शित भएका छन् । ‘एसएम ग्लोबल क्याटवाक फेसन रिभोलुसन’ शीर्षकमा आइतबार साँझ सम्पन्न फेसन शोमा विदेशी मोडलले नेपालको पहिचान झल्काउने लुगामा र्‍याम्प नापेका थिए । सो अवसरमा विदेशी मोडलले ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, तामाङ, सुनुवार, राउटे, लाखे आदि लुगामा गौतमका डिजाइन प्रस्तुत गरेका थिए । विश्वका विभिन्न मुलुकबाट आएका  डिजाइनरसमेतको सहभागिता रहेको कार्यक्रममा नेपालका डिजाइनले मन जितेको डिजाइनर गौतमले बताइन् । उनले डिजाइन गरेका लुगामा १२ जना पुरुष मोडल र सोही संख्याका महिला मोडलले र्‍याम्प नापेका थिए । पृथ्वीनारायण शाह, थारु, राउटे आदिको फ्युजनले लन्डनका फेसन पारखीको मन लोभ्याएको थियो । फेसन सोमा गौतमसँगै चर्चित डिजाइनर समिना मुगल, फुचिया, चार्ली बाजियर, स्टेला मारिस, केजिजे लन्ज आदिले आफ्ना डिजाइन प्रस्तुत गरेका थिए।

लन्डनको फेसन शो ६ महिनाअघि अमेरिकाको न्युयोर्कमा सम्पन्न ‘फेसन परेड’को निरन्तरता हो । अमेरिकामा रहेको संस्थाले विश्वभरिका डिजाइनरलाई एकै मञ्चमा भेला गराएर फेसन शो आयोजना गरेको हो । अमेरिकामा गौतमको डिजाइन रुचाइएपछि उनले लन्डनको फेसन शोमा पनि आफ्नो डिजाइन प्रस्तुत गर्ने मौका पाएकी हुन्। 

उनले लन्डनबाट नागरिकसँग कुरा गर्दै फेसनलाई नेपाल चिनाउने माध्यमको रूपमा प्रयोग गर्ने बताइन् । ‘म डिजाइन बेच्न होइन, नेपाल र नेपाली पहिचान विश्वमा फैलाउन चाहन्छु,’ उनले भनिन्, ‘अमेरिका र लन्डनको फेसन शो यसको पहिलो पाइला हो भन्ने लागेको छ । म विश्वभरि नै फेसनको माध्यमले नेपाल चिनाउन लाग्नेछु।’

उनले आउँदो वर्षको फेब्रुअरीमा दुबईमा यस्तै फेसनमा शोका लागि कार्यक्रम तय भइसकेको र फ्रान्समा पनि कुरा भइरहेको उनले जानइन् । त्यसअघि उनले अमेरिकामा अर्को सो गर्ने छिन् । उनले नेपालमा पनि चार दर्जन फिल्म क्षेत्रका पुरुष तथा महिला कलाकार उतारेर ‘सेलिब्रेटी रनवे’ आयोजना गरिसकेकी छिन्।

प्रकाशित: ७ भाद्र २०७४ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App