१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कँडेल र भण्डारी क्रिकेट टोलीमा

काठमाडौ- सुशील कँडेल र ललित भण्डारीलाई समावेश गर्दै आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपालले आगामी अक्टोवर १३ र १५ मा हङकङसँग खेल्नेछ ।

पारस खड्काको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकार, वसन्त रेग्मी, मेहबुब आलम, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी, करण केसी, जितेन्द्रकुमार मुखिया, सुशील, कुशल भुर्तेल, ललित, सुशान्त भारी, नरेश बुढाऐर, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने रहेका छन् ।

प्रतियोगिताअघि १४ सदस्यीय टोली छनोट गरिनेछ ।

राष्ट्रिय टोली छनोटका प्रमुख प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्कासहितको टिमले राष्ट्रिय टोलीको छनोट गरेको हो ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीबाट गत साउन ३० गते २५ खेलाडी छनोट गरिएको थियो । २५ खेलाडीमध्ये स्वास्थ्य कारण जनाउँदै आराम गरिरहेका भेट्रान बलर शक्ति गौचन, अविनाश कर्ण, विक्रम सोब, सौरभ खनाल, हासिम अन्सारी, दिलीप नाथले टोलीमा स्थान बनाउन सकेनन् । 

 

 

प्रकाशित: २२ भाद्र २०७४ ०४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App