१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदानबारे मतदाता अन्यौलमा

रौतहट – स्थानीय तहको तेश्रो चरणको निर्वाचन हुन अब केही दिन मात्रै बाँकी रहँदा मतदाताहरू कसलाई भोट दिने भन्ने विषयमा अझै खुल्न सकेका छैनन् । उम्मेदवारहरू आफ्ना पक्षमा मतदाता रिझाउन घर, खेत, खलिहान तथा हाट बजार समेतमा गएर भोट माग्न जाँदा मतदाताले सबैलाई भोट दिने आश्वासन दिइरहेका छन् तर कसलाई भोट दिने बिषयमा खुलेर कसैको पक्षमा प्रचार प्रसार गर्न सकेका छैनन् ।  

गाउँघरमा कामकाजमा व्यस्त रहेका मतदाता माझ उम्मेदवारहरू पुग्दा तपाइ लाई नै दिन्छु तर यो कुरा सबै उम्मेदवारसँग गर्ने गरेको पाइएको छ । तर स्वतन्त्र रुपमा उनीहरुको आँगनमा बसेर कुरा गर्दा अझै आफ्नो अमूल्य मत कुन उम्मेदवारलाई दिने बारे खुलेर कुरा गर्न चाहेका छैनन्।

गढीमाई नगरपालिकाको समनपुर बजारका ४० वर्षिया जहाना खातुन राम्रो, इमान्दार,  स्वच्छ र निष्पक्ष काम गर्ने जनताको पीडामा मलहम लगाउने उम्मेद्वारलाई मात्रै भोट दिने बताउँछिन् । करिव दुई दशक पछि हाम्रो हातमा जनप्रतिनिधि चुनिने अवसर आएकोले हामीले पार्टीलाई होइन राम्रालाई भोट हाल्ने बताउँछिन् उनी । दैलोमा सबै दलका उम्मेदवारहरु भोट माग्न आउँछन् सबैलाई मत दिने आश्वासन दिन्छौ तर अहिले कसलाई भोट दिने विषयमा निधो गर्न सकेका छैनौँ उनले भनिन्।

त्यो उम्मेद्वार को होलान त ? भने प्रश्नमा कुनै दलको नाम नलिएपनि राष्ट्रिय पार्टीकै पक्षमा मतदान गर्ने प्रष्ट पारिन । अहिले सम्म ६ पटक मतदान गरिसकेको अनुभव रहेकी उनी कसैले पनि आफ्नो समुदायको हितमा काम नगरेको, विकासको काम त परै जाओस राम्रो एवं समुचित शिक्षाको व्यस्थापन नगर्दा उनी दुखि छिन् । आफ्नो मत खाल्डोमा नफाल्न राम्रो व्यक्तिको पक्षमा मतदान गर्न एक दिन अघि प्रष्ट भएर लाग्ने विचार प्रकट गरिन ।

सोही टोलको ६० वर्षिया सविजन खातुनले पनि जहानाको मतसँग सहमती जनाउदै अलि फरक मत राखे । जातिपातीको राजनीतिमा नफस्ने तथा कुनैपनि दलालको चंगुलमा नपरी आफ्नो समुदायको भलो एवं समग्रमा नगरपालिकाको विकास गर्ने व्यक्तिको पक्षमा मतदान गरी जिताउने उनले बताए । ‘यस्तो उम्मेदवारलाई मत नदिने जुन खेर जान्छ त्यस्ताबाट हामी सचेत भई सबै कुरा पत्ता लगाइरहेक छौँ’, उनले भने ।

दुर्गा भगवती गाउँपालिका, राजदेवी, माधवनारायण, गढीमाई, वृन्दावन, गरुडा, यमुनामाई लगायतका गाउँपालिका नगरपालिकाका अति विपन्न तथा सिमान्तकृत एवम् मुस्लिम समुदायसंग चुनावी कुरा गर्दा उनीहरू पहिलाको अवस्था भन्दा अहिले निकै भिन्न रहेको बुझियो । दलाली प्रथा, पैसामा मत विक्री गर्ने लगायतका विभिन्न प्रलोभनमा केही प्रतिशत जनताहरू लागेपनि अधिकाँश हाम्रो भन्दा राम्रो उम्मेदवारलाई नै रोज्नमा विश्वस्त रहेका छन् तर खुलेर ४० प्रतिशत जनताहरु कसै संग नलागेको अवस्थामा राष्ट्रिय पार्टीसंगै राजपा माथि विश्वास गरिने आधारहरु प्रष्ट भएको छ । 

विगतको चुनावहरूमा साहु महाजन र गाउँका हुने खाने पञ्च भलादमीहरूले भन्ने बित्तिकै मत उनीहरू भनेकालाई जान्थ्यो तर यसपाली मतदाताहरु आफै होशियार भइसकेका छन् कसैले फलानोलाई भोट दिन भन्दा समेत उनीहरु खुल्न नसकेको नागरिक समाजका विजयकिशोर झाले बताए । यसपाली उम्मेदवारहरूलाई चुनाव जित्न आँकलन गर्न समेत धौ धौ परेको बताए ।


 

प्रकाशित: २९ भाद्र २०७४ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App