१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

तस्बिरमा हेर्नुस् मनिषादेखि प्रियंकासम्मको दसैं

काठमाडौं, असोज १५ – प्राय एक्सन कर्टमा व्यस्त रहने कलाकारहरु दसैंमा पारिवारिक जमघट र टिका लगाउन व्यस्त रहे । कसैको दसैं खल्लो रह्यो भने अधिकांशले देशभित्र र बाहिर टिका लगाएर दसैं मनाए ।
‘डियर माया’ फिल्मबाट बलिउड फिल्म क्षेत्रमा पुनआगमन गरेकी अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारसँग दसैं मनाएकी छिन् । त्यस्तै सुटिङ र साँस्कृतिक कार्यक्रममा व्यस्त अभिनेत्री प्रियंका काकीले दसैं आमा बुबाको हातबाट टिका थापेर मनाएकी छिन् । ‘दसैं पारिवारिक माहोलमा मनाउँदा रमाइलो लाग्छ । दसैंको लागि यसपटक साँस्कृतिक कार्यक्रमहरुमा सहभागि भइन् । आमा र बुबाको हातबाट टिका थापेपछि आफन्तहरुसँग भेटघाट गरिरहेको छु,’ अभिनेत्री प्रियंका कार्कीले भनिन् ।
पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले पारिवार र आफन्तसँग यसपटकको दसैंको टिका थापिन् । ‘दसैंमा पारिवारिक जमघटमा व्यस्त भईरहेकी छु । नेवारी परम्परागत पुजाआजा र खानपिनले दसैं रमाइलो भइरहेको छ । ’

त्यस्तै हालै ‘सुनकेशरी’ फिल्मको सुटिङ सिध्याएकी अभिनेत्री ऋचा शर्माले आमाको हातबाट टिका थापेर दसैं मनाएकी छिन् ।
हालै अमेरिकाबाट फकिएका अभिनेता अनमोल केसीले बुबा भुवन केसीको हातबाट टिका लगाए । टिका लगत्तै अभिनेता भुवन केसीले बुबा छोराको दसैंको फोटो सामाजिक संञ्जालमा राखेका थिए । गायिका इन्दिरा जोशीले भने दिदीको हातबाट टिका थापेको फोटो सामाजिक संञ्जालमा राखेकी छिन् । त्यस्तै अभिनेत्री नम्रता श्रेष्ठले आमा बुबा र पारिवासँग दसैं मनाएकी छिन् ।

 

प्रकाशित: १५ आश्विन २०७४ ०६:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App