१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिटकोन कारोबारीले प्रयोग गरेका १५ सामान दोलखाबाट बरामद

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध भर्चुवल मुद्रा बिटकोन कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही बढाइरहेको छ। पक्राउ परेका प्रशान्तप्रताप शाहले दोलखा तामाकोशी-५ किर्नेटारस्थित भीमबहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिई बिटकोइन माइनिङको कार्य गरिरहेको स्थानबाट १५ किसिमका सामान बरामद गरेको छ।

बिटमेन माइनर २६, बिटमेन लेखेको पावर सप्लाई १५ थान, टिपी लिङ्क लेखेको राउटर १ थान, माइक्रोटेल लेखेको टेलिफोन सेट १ थान, भिडियो रेकर्डर एक थान सहितका सामान बरामद गरेको हो। ल्यापटप, नेटवर्क स्विच, पावर सप्लाई बोर्डसहित छन्।

बिटकोन कारोबारलाई नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेपछि सिआइबीले सात जना बिटकोन कारोबारीलाई पक्राउ गरेको थियो। भर्चुवल मुद्रा मानिएको यसको कारोबारमा संलग्नमध्ये शाहले दिएको बयानको आधारमा दोलखामा छापा मारी उपरोक्त परिमाणका सामग्री बरामद गरिएको हो।

प्रकाशित: २६ आश्विन २०७४ १४:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App