१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लालबाबु पण्डितको रोचक जीवन अब पुस्तकमा

काठमाडौं—पब्लिकेशन नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउनेभएको छ। पूर्वी तराइको एउटा अल्पसंख्यक समुदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनी पुस्तक तराइबासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको हो।

केही वर्षअघि मुलुक कठिन राजनीतिक मोडबाट गुज्रिरहेकै बेला एक कमै चिनिएका राजनीतिज्ञ पहिलोपटक मन्त्री बनेका थिए। मन्त्री बनेको छोटै समयमा ब्यापक चर्चा कमाएका उनी थिए- लालबाबु पण्डित।

‘लालबाबु पण्डितको यात्रा, बाटो र पाइलाहरु धेरैका निम्ति पठनीय हुनसक्ने ठानेर जीवनी प्रकाशन गर्ने निधोमा पुगेका हौं,’ पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यसले नेपाली राजनीतिको जटिल समयमापनि संभावना देखाउने एक नेतासँग पाठकलाई नजिक्याउने छ।’ पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्।

‘पहिलोपटक मन्त्री हुनेबित्तिकै जताततै विसंगति र विकृति देख्नथालेपछि परिवर्तनको पाइला आफैँबाट चाल्ने अठोट गरेको थिएँ,’ पण्डित भन्छन्, ‘त्यतिबेला गरेका कामहरुलाई मैले इमान्दारिका साथ पुस्तकमा राखेको छु ।’समाजपरिवर्तन र राष्ट्रप्रति समर्पित सबैखाले मानिसले यो पुस्तक पढ्नेछन् भन्ने विश्वास पण्डित ब्यक्त गर्छन्। ‘यो पुस्तकमार्फत मैले आफू स्वयंलाई कसीमा राखेको छु,’ पण्डितले थपे, ‘मैले राम्रो गरेँ वा नराम्रो भनेर छुट्याउने जिम्मा अब पाठकहरुकै हातमा छोड्छु ।’

“सिंहदरबार बदल्ने सङ्घर्ष” नामाकरण गरिएको यो पुस्तक यसै महिनाभित्र पब्लिकेशन नेपालयले आम पाठकसामू पुर्‍याउने तयारी गरेको छ।

प्रकाशित: ९ कार्तिक २०७४ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App