१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

र्योङयाङ–  सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् । 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियाले परीक्षण गरेको आणविक हतियारको विरूद्धमा अमेरिका र अन्य मुुलुकहरूको समर्थनमा उत्तर कोरियामाथि व्यापारिक प्रतिबन्ध लगाएपछि उत्तर कोरियामा शृंगारका सामानहरूको अभाव भएको छ । 

संयुक्त राष्ट्रसंघीय व्यापारिक प्रतिबन्धपछि विश्वका कैँयौ मुलुहहरूले आफ्ना उत्पादन उत्तर कोरिया निर्यात गर्न छाडेपछि त्यहाँ शृंगारका सामानमा अभाव खट्किएको हो । 

किमले पत्नी र बहिनीलाई आफ्नो पार्टीको उच्चस्थ जिम्मेवारी पनि दिएको छ । शृगार उद्योगकको अवलोक गर्दै नेता किमले आगामी दिनमा त्यस्ता सामानहरूको उत्पादन आफैँले गर्ने बताए । नेता किमको पारिवारिक सदस्यहरूबारेको जानकारी मिडियाका लागि दुर्लभ मानिन्छ ।

उत्तर कोरियाले संयुक्त राष्ट्रसंघीय प्रतिबन्धका बाबजुद आणविक हतियार परीक्षणलाई निरन्तरता दिइरहँदा कोरियाली प्रायद्वीपमा तनाव उत्पन्न भएको छ । उत्तर कोरिया र अमेरिकाबीच पछिल्लो समय मिसाइल परीक्षणको विषयलाई लिएर कूटनीतिक शत्रुता बढ्दै गएको छ । 

 

प्रकाशित: १३ कार्तिक २०७४ १०:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App