१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल कीर्गिस्तानसँग स्तब्ध

काठमाडौं—एएफसी यु-१९ फुटबल च्याम्पियनसीप छनोट प्रतियोगितामा नेपाल कीर्गिस्तानसँग २-० ले पराजित भएको छ। पहिलो हाफको २१ औं मिनेटमा कीर्गिस्तानका खेलाडी बोरुबेभ गुल्झिटले नेपालविरुद्ध गोल गरेका थिए। ९० मिनेटपछि थपिएको समयमा कीर्गिस खेलाडीले गोल थप्दा नेपाल २-० ले स्तब्ध हुन पुग्यो।

नेपाली खेलाडीहरुले कान्टर अट्याकका राम्रा अवसर पाए पनि तिनलाई गोलमा परिणत गर्न सकेनन्।

एएफसी यु-१९ फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपाल आयोजक कीर्गिस्तानसँग पराजित भएको हो। अझै नेपालले बहराइन, युएई र ओमानसँग खेल्नेछ।

राउण्ड रोबिनको आधारमा सञ्चालन हुने छनोट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ। प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ।

 

 

प्रकाशित: १४ कार्तिक २०७४ ०७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App