१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
फोटो फिचर

राष्ट्रपति भण्डारी अबुधाबीबाट स्वदेश फिर्ता (फाेटाे फिचर)

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज काठमाडौँ फिर्ता भएकी छिन्।

राष्ट्रपति  भण्डारी संयुक्त अरब इमिरेट्सको अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने औपचारिक भ्रमणका लागि कात्तिक २७मा त्यसतर्फ प्रस्थान गरेकी थिइन्। 

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहेका थिए। 

राष्ट्रपति भण्डारीलार्इ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दकिशाेर पुन, उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार लगायतले स्वागत गरेका  थिए । 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App