१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रौतहटमा बम विस्फोट, ८ घाइते

काठमाडौँ – रौतहटको चन्द्रपुर नगरपालिकामा बम विस्फोट हुँदा ८ जना घाइते भएका छन् । चन्द्रपुर नगरपालिका ५ राधाकृष्ण मन्दिर नजिक भएको  वाम गठबन्धनको वडा भेला स्थल नजिकै उक्त बम विस्फोट गराइएको हो। 

विस्फोटमा परी घाइते हुनेमा लक्ष्मी राई, रत्न बहादुर विक, कुन्ता खत्री, गोपाल विक, दिलमाया राई र यमुना काफ्ले रहेका छन् भने  चन्द्रपुर ५ की सरिता राई र उनका ६ वर्षीय छोरा जैविक राई गम्भीर घाइते भएका छन्। 

जसमध्ये यमुना र गोपालको अवस्था सामान्य रहेको रौतहटका डिएसपी रामकुमार दानीले बताए ।  घाइतेहरूलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ। 

 

प्रकाशित: २ मंसिर २०७४ १०:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App