१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मनिषा बन्न चाहान्छिन् अनुष्का

मुम्बई– बलिउडमा फिल्म रिमेकको लहड नै चलेको छ । अर्को भाषामा बनेका फिल्मलाई आफ्नो भाषामा बनाउने मात्र होइन, आफ्नै भाषामा बनेका क्लासिक फिल्मलाई पनि नयाँ रुपमा प्रस्तुत गर्न थालिएको छ।

बलिउडमा रिमेकको लहर चलेपछि कलाकारहरूले पनि रिमेकको हिस्सा बन्ने इच्छा व्यक्त गर्न थालेका छन् । क्रिकेटर विराट कोहलीको प्रेममा रहेकी अभिनेत्री अनुष्का शर्माले अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले निर्वाह गरे जस्तो भूमिका गर्ने चाहाना व्यक्त गरेकी छिन् । अनुष्काले मनिषाले मणिरत्नमको फिल्म ‘दिल से’मा निभाएको भूमिका जस्तो भूमिकामा आफूलाई अभिनय गर्न मन लागेको बताएकी हुन्।  

‘मलाई ‘दिल से’ निकै मनपर्छ । अहिलेको समयमा यो फिल्मको रिमेक आवश्यक छ । त्यो फिल्ममा अफर आएमा म मनिषा कोइरालाको चरित्रमा काम गर्न चाहन्छु । मलाई त्यो चरित्र मनपर्छ किनकि फिल्ममा मनिषाको अभिनय उत्कृष्ट छ ’ उनले एक अन्तरवार्तामा भनेकी छन्।

अनुष्का हालका दिनमा आनन्द एल रायको फिल्ममा व्यस्त छिन् । जुन फिल्ममा उनी शाहरुख खान र कट्रिना कैफका साथ देखिँदैछिन् । उनी अभिनित रिलिज भएको पछिल्लो फिल्म ‘जब हैरी मेट सेजल’ हो । बक्स अफिसमा फ्लप बनेको यो फिल्ममा उनी शाहरुखको अपोजिटमा थिइन् । अनुष्का ‘परी’ नामक फिल्ममा पनि देखिँदैछिन् । तर, फिल्मी करिअर उचाइमा रहेका बेला विराट कोहलीसँग विवाह गर्न लागेको खबरले पनि अनुष्का गसिप बजारको केन्द्रमा छिन् । दुवैले डिसेम्बरमा विवाह गर्न लागेको र यसका लागि विराट र अनुष्का दुवैले आआफ्नो कामबाट छुट्टि लिएको चर्चा थियो।

प्रकाशित: १४ मंसिर २०७४ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App