झापा- मध्याह्न १२ बजेसम्ममा झापा मा ३० प्रतिशत मत झरेको छ । जिल्ला निर्वाचन कार्यालय प्रमुख गोपाल आचार्यका अनुसार जिल्लाका २ सय ८३ मतदानस्थल र ६ सय ९२ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ ।
मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ।
देशभरमा सबैभन्दा गरिब परिवार बाजुरेली तथा धनी परिवार मुस्ताङे रहेको पाइएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको गरिब पहिचान कार्यक्रमबाट यस्तो तथ्यांक तयार भएको हो।