१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मतदातालाई धन्यवाद दिंदै दाहाल

चितवन – नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मंगलवारदेखि मतदातालाई धन्यवाद ज्ञापनका लागि घरदैलो अभियान शुरु गरेका छन् । दाहाल ४८ हजार २७६  मत प्राप्त गरि विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गरेका थिए ।

बाम गठबन्धनको सो क्षेत्रको निर्वाचन परिचालन समितिका संयोजक सूर्य सुवेदीअनुसार शिवनगरस्थित आफ्नै निवास रहेको महेन्द्र चोकबाट शुरु भएको अभियान फूलबारी, मंगलपुर, विजयनगर, रामपुर चनौली, ज्योतिनगर, पर्साढाप, गोलाघाट, लेबरनगर, शुक्रनगर हुँदै साँझ पार्वतीपुरको लाहुरेचोकमा आएर समापन हुनेछ । 

बुधबार सोही क्षेत्रको माडी र भरतपुर महानगरपालिकाका जगतपुर, पटिहानी, गीतानगर, चोकबजार, गौरीगञ्ज हुँदै केन्द्रीय बस ट्रमिनलमा आएर अभियान समापन हुनेछ । संयोजक सुवेदीका अनुसार गाडी नरोकीकनै दाहालले गाडी माथिबाट सबैलाई आभार प्रकट गर्ने कार्यक्रम तय गरिएको छ । 
मतदातालाई सडकमा नै गाडीमाथिबाट दाहालले धन्यवाद दिनेछन् । दाहालको यो अभियानमा वाम गठबन्धनको तर्फबाट सो क्षेत्र (क) प्रदेशबाट निर्वाचित नेकपा (एमाले)का कृष्ण भूर्तेल र (ख) प्रदेशबाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का रामलाल महतो पनि सहभागी हुनेछन् । 

आफू हुर्किबढेको ठाउँमा दाहाल पहिलो पटक निर्वाचन लड्न आउनुभएको हो । उहाँले राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार ३२३ मतले पराजित गर्नुभएको थियो । दाहालले ४८ हजार २७६ मत पाउँदा पाण्डेले ३८ हजार ९३५ मत प्राप्त गर्नुभएको थियो । (रासस)

प्रकाशित: २६ मंसिर २०७४ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App