२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रक्रिया सुरु गरेको छ ।  आयोगले राष्ट्रियसभा निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न आह्वान गरेको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बिहीबार बसेको आयुक्तहरूको  बैठकले राष्ट्रियसभाका लागि निर्वाचन प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान धारा २६९ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने हुन्छ ।  राष्ट्रियसभा सदस्यको निर्वाचन गरी संघीय संसद् निर्माण गर्ने क्रममा  राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरुलाई दर्ताका लागि बिहीबार विज्ञप्ति जारी गरी आह्वान गरेको हो । दलहरुबीच भने राष्ट्रियसभा सदस्य कसरी निर्वाचन गर्ने भन्नेमा विवाद छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रकाशित: १४ पुस २०७४ ०२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App