१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हेटौंडा राजधानी तोकेपछि भक्तपुरमा आन्दोलन

भक्तपुर – प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई बनाएको भन्दै विहीबार भक्तपुरमा पनि विरोध भएको छ। बाम गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ का  प्रतिनिधि सभा सदस्य एमाले नेता महेश बस्नेतको अगुवाईमा विरोध सुरु भएको हो।

प्रदेश नम्बर ३ को अस्थायी मुकाम भक्तपुरलाई बनाउन माग गर्दै आएका उनको अगुवाईमा पहिलो दिन विहीबार सानोठिमी क्याम्पस अगाडि एक घण्टा चक्का जाम भयो। साथै जिल्ला प्रशासन कार्यालय भक्तपुरअगाडि विरोधसभा समेत भयो। सभामा प्रतिनिधि सभा सदस्य बस्नेतले भक्तपुरलाई अस्थायी राजधानी नबनाएसम्म आन्दोलन जारी रहने घोषणा गरे।

यसअघि उनले जिल्लाका राजनीतिक दलहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, एमालेबाट विजयी जिल्लाका प्रदेश सभाका सदस्यहरु तथा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायतको सहभागितामा संयुक्त छलफल गरेका थिए।

प्रकाशित: ४ माघ २०७४ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App