१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

च्याम्पियन्स लिग : रोनाल्डोको २ गोलमा रियल मड्रिड विजयी

मड्रिड – च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियाल मड्रिड विजयी भएको छ । प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा बलियो मानिएको प्रतिस्पर्धी फ्रान्सेली टोली पेरीस सेन्ट जर्मेन (पिएसजी) लाइ ३–१ ले स्तब्ध पार्दै रियलले क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियाललाई जिताउन स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले २ तथा मार्सेलोले १ गोल गरे।

खेलको ३३ औं मिनेटमा एड्रिड राबियोटलेगोल गर्दै पिएसजीलाई अग्रता दिलाए । तर पहिलो हाफको अन्तिम समयमा पाएको पेनाल्टीमा गोल गर्दै रोनाल्डोले खेल बराबरीमा ल्याए । पहिलो हाफमा एक/एक गोलको बराबरी खेलेपनि दोस्रो हाफमा रियलले २ गोल थप्यो ।

८३ औं मिनेटमा पुन रोनाल्डोले गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याए । रियलका लागि थप १ गोल ८६ औं मिनेटमा मार्सेलोले गरे।

पिएसजीका चर्चित स्ट्राइकर नेयमारले खेलमा चमत्कारी प्रदर्शन गर्न नसक्दा टोलीको हार टार्न सकेनन् । यी दुइ टोलीबीचको दोस्रो लेग पिएसजीको घरेलु मैदानमा हुनेछ।

 

प्रकाशित: ३ फाल्गुन २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App