१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

लन्डनको मोडल प्रतियोगितामा निशान

काठमाडौ – लन्डनमा आगामी अप्रिल ३ मा हुन लागेको ‘टप मोडल वल्र्ड वाइड २०१८’मा नेपाली मोडल निशान चौहानले सहभागिता जनाउने भएका छन् । सन् २०१६ को ‘म्यानहन्ट नेपाल’का ‘मिस्टर पर्सनालिटी’ तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान अन्य मुलुकका ४० प्रतियोगीसँग शीर्ष उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । निशानले नेपाली भएर लन्डनमा संसारभरका मोडलसँग प्रतिस्पर्धा गर्न पाउँदा निकै गर्व लागेको बताए । ‘नेपालीले विश्वभरका प्रतियोगीसँग प्रतिस्पर्धा गर्न लाग्दा सबैको साथ र सहयोग भएको खण्डमा सहज हुनेछ’, निशानले भने, ‘प्रतियोगिताको उपाधि नेपाल ल्याउन मैले मेहनत गरिरहेको छु ।’

‘टप मोडल वल्र्डवाइड’की नेपाल र भारतकी निर्देशक रजनी सुब्बाले प्रतिस्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई दिइन् । म्यानहन्ट नेपालका सिइओ अनुप सक्सेनाले निशानलाई टप मोडलले विश्वास गरेर प्रतियोगितामा सहभागी गराएकोमा धन्यवाद दिए । सन् २०१६ बाट मोडलिङ सुरु गरेका वीरगञ्जका २९ वर्षे निशान यतिबेला काठमाडौंमै मोडलिङमा व्यस्त छन् । निशानले नेपाली फिल्म ‘पर्व’मा समेत अभिनय गरेका छन् ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App