१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसले सांसदसँग १० हजार लेबी उठाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधि र राष्ट्रियसभाका आफ्ना सांसद्हरुबाट मासिक दश हजार लेबी उठाउने भएको छ। कांग्रेसले आफ्ना प्रत्येक सांसद्हरुबाट पार्टी सञ्चालनका लागि मासिक दश हजार लेबी कट्टी गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार संसद् सचिवालय र पार्टी संसदीय दललाई पत्र लेखि त्यसलाई कार्यान्वयन गरीदिन पनि आग्रह गरेका छन् । सांसद्हरुको मासिक तलवभत्ताबाट कट्टा गरीएको दश हजारको २० प्रतिशत संसदीय दल र ८० प्रतिशत केन्द्रीय कार्यालयले खर्च गर्ने छ।

यसअघि प्रत्यक सांसद्बाट मासिक पाँच हजार मात्र लेबीबापतको रकम कट्टा गर्दै आएको कांग्रेस निर्वाचनमा नराम्रोसँग पराजयसँगै उक्त रकम बढाएर दोब्बर बनाएको हो । प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सहित ७६ सांसद् छन्।

कांग्रेसले क्रियाशील सदस्यबाट पनि लेभी उठाउने व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउन सकेको छैन। उसले प्रत्यक क्रियाशील सदस्यबाट मासिक दश रुपैयाँ लेबी उठाउने व्यवस्था गरेपनि महाधिवेशन हुने वर्ष बाहेक कांग्रेसले लेबी होइन पार्टी क्रियाशील सदस्य पनि नविकरण गर्ने गरेको छैन। कांग्रेसका झन्डै पाँच लाख क्रियाशील सदस्य छन्।   

प्रकाशित: ७ चैत्र २०७४ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App