१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नगरपालिकाले एकीकृत बस्ती निर्माण गर्ने

लहान – लहान नगरपालिकाले दलित तथा विपन्न परिवारलाई लक्ष्य गरी एकीकृत वस्ती निर्माण गर्न लागेको छ।

अतिविपन्न, गरिब र दलित परिवारलाई लक्ष्य गरेर लहान नगरपालिका– ५, ११ र २१ मा एकीकृत बस्ती निर्माण गर्न लागेको लहान नगरपालिकाका प्रमुख मुनी साहले जानकारी दिए।

एकीकृत बस्तीमै सामुदायिक भवन, बाल विकास कक्षसमेत निर्माण गर्ने योजना रहेको उनले बताउनुभयो। एकीकृत बस्ती निर्माण कार्यक्रमअन्तर्गत नगरपालिका– ५, ११ र २१ स्थित ऐलानी जग्गामा बस्दै आएका विपन्न दलित परिवारका लागि पहिलो चरणमा ५० वटा व्यवस्थित एक तल्ले पक्की घर निर्माण गरिने साहले बताए।

“आगामी वर्षमा थप ५० पक्की घर निर्माण गर्ने लक्ष्य छ,” उनले भने।

यस्तै अत्यधिक ध्वनी प्रदूषण गर्ने डिजे बजाउन आजदेखि लहान नगरपालिकाभित्र प्रतिबन्ध लगाउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकालाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउन अस्पतालचोकदेखि सिङराहीसम्म पूर्व–पश्चिम राजमार्ग छेउमा एक बिघा जग्गा भाडामा दिने वा जग्गाधनीले आफ्नै निगरानीमा अस्थायी बसपार्क सञ्चालन गर्ने अनुमति दिने योजना छ।  (रासस)

प्रकाशित: ९ चैत्र २०७४ ०९:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App