१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कर्मचारीद्वारा नै सिंहदरबारबाट मोटरसाइकल चोरी !

काठमाडौं- सिंहदरबारबाटै मोटरसाइलक चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको मन्त्रालयको बा.१ ब ९९१३ नम्बरको मोटरसाइकल सहित चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर पुल्चोक बस्ने चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाई चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन्।

मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई चितवनबाट पक्राउ गरेको हो।

 

प्रकाशित: ९ चैत्र २०७४ ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App