१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सेनाको परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

सुर्खेत – नेपाली सेनाको सैन्य पदका लागि लोक सेवा आयोगको लिखित परीक्षा दिन आएका पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। शनिबार वीरेन्द्रनगरमा अरुको नाममा परीक्षा दिन आएका पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालयका अनुसार तिर्थबहादुर रानाको नाममा परीक्षा दिन आएका मधुवन नगरपालिका–९ बर्दियाका कुम्भराज डाँगी, दैलेख भगवती गाउँपालिका–३ का प्रेमबहादुर खड्काको नाममा परीक्षा दिन आएका छेडागाउँ नगरपालिका–६ का २४ वर्षीय वीरेन्द्र शर्मा, सल्यानका भिम बस्नेतको परीक्षा दिन आएका वीरेन्द्रनगर नगरपालिका–१० खजुरा सुर्खेतका १८ वर्षीय दिनेश रावत, भगवतीमाई गाउँपालिका–७ की १८ वर्षीया अमृता बुढा र वीरेन्द्रनगर–१० सुर्खेतकी कमला थापालाई पक्राउ गरिएको हो।

प्रकाशित: १० चैत्र २०७४ १६:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App