२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वाञ्चल विश्वविद्यालयमा फेरि तालाबन्दी

 

विराटनगर- विभिन्न ६ सुत्रीय माग राख्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन मोरङले पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ। विश्वविद्यलय विरुद्धको आन्दोलनकाक्रममा थुनिएका नेता कार्यकर्ता रिहाइलगायतका माग राख्दै शुक्रबार देखि तालाबन्दी गरिएको अनेरास्ववियुले जनाएको छ।

छात्रबृत्ती बितरण वैज्ञानिक बनाउनुपर्ने,पुरानै प्रकृयाबाट प्रबेश परीक्षा हुनुपर्ने,प्रबेश परीक्षा फेल भएर नीजी कलेजहरूले पढाइरहेका विद्यार्थीलाई तत्काल रजिष्ट्रेशन गर्नुपर्ने माग गरिएको छ। यस्तै  स्ववियुको चुनाव तत्काल गर्न,शैक्षीक क्यालेन्डर लागु गर्न र आन्दोलनकाक्रममा थुनियका नेता कार्यकर्ता तत्काल रिहाइ गर्न माग राख्दै तालाबन्दी गरिएको अनेरास्ववियुको विज्ञप्तिमा उल्लेख छ । पूर्वाञ्चल विश्वविद्यालयले हालै गरेका निर्णयहरू विद्यार्थीको हित विपरित भएकाले आन्दोलन गर्नु परेको अनेरास्ववियुले जनाएको छ। अनेरास्ववियुको तालाबन्दीका कारण शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय र डिनको कार्यालयको कामकाज प्रभावित भएको छ। पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेको विश्वविद्यालयका प्रशासनशाखा प्रमुख फणीन्द्रराज गौतमले जानकारी दिए। विद्यार्थीको समूहले कार्यालयका सबै कर्मचारीलाई बाहिर निकालेर शुक्रबार तालाबन्दी गरेको गौतमको भनाईछ। विश्वविद्यालय विरुद्ध आन्दोलनमा उत्रिएका एमाले निकटका विद्यार्थीहरूले काठमाण्डौंको गौरीधारास्थित सान इन्टरनेशलन कलेजमा विहीबार तोडफोड गरेका थिए । कलेज तोडफोडको आरोपमा पूर्वाञ्चल विश्वविद्यालय, अनेरास्ववियुका अध्यक्ष संजिव देवकोटासहित तीनजना विद्यार्थी नेता पक्राउ परेका थिए। विभिन्न माग राख्दै पूर्वाञ्चल विश्वविद्यालयमा पटकपटक तालाबन्दी हुँदै आएको छ। यसअघि गत साउनमा पनि पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीका विद्यार्थीहरूले छात्रबृत्तीको विषयलाई लिएर विश्वविद्यालयको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेका थिए। 

प्रकाशित: १७ भाद्र २०७३ १३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App