१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

विद्यालयको सम्मानले ज्येष्ठ नागरिक खुसी

नेपाली समाजमा चर्चित भनाइ छ– ‘कर्म गर्नु तर फलको आशा नराख्नु’ । यो भनाई भक्तपुर, च्याम्हासिंहवासीसँग ठ्याक्कै मिलेको छ।

वागेश्वरी माविले ६ दशकअघि स्कुल स्थापना गर्न सहयोग गरेका व्यक्तिलाई सम्मान गरेको छ । २००९ जेठ २९ गते स्कुल स्थापना भएको हो ।तत्कालीन समयमा विद्यालयको स्थापना र यसको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै विद्यालय सञ्चालक समितिले स्थानीय १३ वटा गुठी (समूह)का नाइकेहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुने सबै ७० वर्षभन्दा बढी उमेरका छन् ।सम्मानित हुनेहरूमा न्हेुछेराम प्रजापति, न्हुेछ प्रजापति, न्हुेछेकुमार प्रजापति, कृष्णबहादुर प्रजापति, न्हुछेंभक्त प्रजापति, कृष्णकुमार प्रजापति, कान्छा कोजू, साइला फैंजू, कृष्णकुमार फैंजू, दश फैंजू, काजीबहादुर गोसाई, सत्यनारायण गोसाई र कृष्णभक्त ज्याख्व छन् । उनीहरूलाई टीका, माला र टोपी लगाई एक घन्ट उपहार दिइएको थियो ।

विद्यालयबाट सम्मानित हुँदा उनीहरू खुसी देखिन्थे । स्कुल निर्माणमा सहयोग गरेको भन्दै विद्यालयले अरु व्यक्तिलाई पनि जनही एक हजार रूपैयाँसहित सम्मान गरेको थियो ।विद्यालयको सम्मानले निकै खुसी दिएको ८७ वर्षीय न्हुछेराम प्रजापतिले सुनाए । उनले भने, ‘पहिले घरघरबाट चन्दा मागेर स्कुल स्थापना गरेका थियौं,’ उनले सम्झिएँ, ‘हाल आरसीसी ढलान गरिएको छ ।’ अहिले स्कुल देशकै नमुना बनेकोमा उनी दंग छन् । भन्छन्, ‘मर्ने बेला भए पनि हामीले बनाएको स्कुलको नाम उचो भएकोमा खुसी लागेको छ।’

अर्का सम्मानित न्हुछेराम प्रजापतिले सम्झिएँ, ‘परालको छानो हावाहुरीले उडाएपछि नारायण स्थानको पाटीमा स्कुल सारेका थियौं ।’
विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद धन्छाले प्रारम्भमा स्कुल बनाउन योगदान गरेकाहरूको सम्मानमा हिरक वर्ष (६०) पारेर सम्मान गरेको जनाए ।विद्यालयका सहायक प्रिन्सिपल ज्ञानसागर प्रजापतिले चन्दा उठाएर सुरु भएको विद्यालय अहिले उत्कृष्ट बनेको बताए । उनले स्कुलको एक करोड ३१ लाख रूपैयाँको भवन रहेको जानकारी दिए ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयमा तीन हजार पाँच सय ३७ विद्यार्थी अध्ययनरत छन् ।   

 

प्रकाशित: ४ असार २०७५ ०२:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App