१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

म्यानचेस्टर युनाइटेड विजयी

लण्डन- युरोपा लिगअन्तर्गत बिहीबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले युक्रेनको जोर्या लुहान्स्कलाई १-० गोलले पराजित गरेको हो।

उसको जितमा जाल्टन इब्राहिमोबिचले निर्णयक गोल गरेका थिए। यसअघि गत हप्ता सम्पन्न खेलमा युनाइटेड नेदरल्याण्डसको फेयनर्डसँग २-१ ले पराजित भएको थियो।

युरोपा लिगअन्तर्गत सम्पन्न अन्य खेलमा एथ्लेटिको बिल्बाओले अस्ट्रियाको र्‍यापिड भिएनालाई १-० गोलले पराजित गर्दा आयाक्सले स्ट्याण्डर्ड लेइजलाई १-० गोलले तथा साल्केले रेडबुल साल्जबर्गलाई ३-१ गोलले पराजित गर्‍यो।

प्रकाशित: १४ आश्विन २०७३ ०५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App