१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सप्तरीमा महिलाको हत्या

राजविराज- सप्तरी बोरिया गाविसमा आज शङ्कास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । बोरिया गाविस–१ स्थित नहरमा नाम ठेगाना नखुलेकी अन्दाजी २० वर्षीया महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । 

मुखको दुवैपट्टिको भागमा ढुङ्गा प्रहार भएको र शरीरको अन्य भागमा समेत नीलडाम परेको अवस्थामा शव फेला परेको हुँदा कसैले उनलाई हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ । 

स्वास्थ्य परीक्षणका लागि उनको शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अध्ययन एवम् अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । रासस 

प्रकाशित: २२ आश्विन २०७३ १४:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App