१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चिनियाँ फाइटर विमानकी महिला पाइलटको मृत्यु

जे १० फाइटर विमानकी चालक यु जू

बेइजिङ— चीनले पछिल्लो समय फाइटर विमानहरुको संख्या बढाउँदै लगेको छ। साहसिक काम मानिने फाइटर विमान उडानको जिम्मेवारीमा समेत चीनले महिलालाई स्थान दिँदै आएको छ।

जे १० फाइटर विमानकी चालक यु जू को एक उडान तालिमका क्रममा मृत्यु भएको चिनियाँ वायु सेनाका प्रवक्ताले जनाएका छन्।

सन् १९८६ मा जन्मेकी उनी सिचुवान प्रान्तको दक्षिण पश्चिम सहर चाङ्घाउकी स्थानीय बासिन्दा हुन्। उनले सन् २००५ मा चिनियाँ सेनामा प्रवेश गरेकी थिइन्। यु को निधनमा चिनियाँ वायु सेनाले गहिरो दुःख व्यक्त गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७३ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App