१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

स्क्यानरमा लिंग

अमरिकी शहर वासिंगटन डीसीको सियाटल क्षेत्रमा रहेको एउटा सुपरमार्केटमा एक युवकले जथाभावी लिंग प्रदर्शन गरेका छन्।  क्रिस्चियन फिसर नाम गरेका एक युवकले सुपरमार्केटबाट बाहिर निस्किने क्रममा जथाभावी लिंग प्रदर्शन गरेका हुन्।

'सुपरमार्केटबाट बाहिर निस्किँदा चेकआउट स्क्यानरमा आफ्ना सामान जाँच गराउनुपर्ने हुन्छ। स्क्यानरमा रहेको सामान राख्ने ठाउँमा ती युवकले थपक्क पेन्ट खोलेर लिंग निकालेर राखे,' समाचारमा भनिएको छ।

स्क्यानरमा लिंग राख्दा उनी मुसुमुसु हाँसिरहेका थिए भने वरिपरिका मानिसले असहज महसुस गरिरहेका थिए। 'लिंग देखाएपछि सुपरमार्केटका कर्मचारीसँग उनको भनाभन भएको थियो। धेरै जोरी खोजे आँखामा पिरो धुलो छर्किदिने चेतावनी सुपरमार्केटका कर्मचारीले दिएपछि उनी बाहिरिएका थिए। केही छिनपछि उनी पुनः सुपरमार्केट फर्किएर झगडा गर्न तम्सिएका थिए,' समाचारमा भनिएको छ। यद्यपि, ती युवकले  स्क्यानरमा किन लिंग राखे भन्ने चाहिँ समाचारमा खुलाइएको छैन।

प्रकाशित: १६ असार २०७३ ११:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App