१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

इलाम-२ मा रास्वपाबाट मिलन लिम्बू उम्मेदवार बन्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ मा हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार केन्द्रीय कार्यालय प्रारम्भिक उम्मेदवारहरूसँग छलफलपछि रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्व सहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए। वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदै छ।

प्रकाशित: १५ चैत्र २०८० १८:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App