१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भयोः मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद र युवाहरुमा नयाँ युगको शुरुवात भएको बताएका छन्।

मंगलवार काठमाडौंमा १४ औं केन्द्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले दूरदराज गाउँहरुबाट खेलाडीहरु उत्पादन गरेको बताए। उनले खेलकुद क्षेत्रको विकासका लागि नीतिगत कुराहरु सुधार्नुपर्ने आवश्यकता रहेको पनि बताए।

तीन दशकदेखिका बेथितिहरुलाई सुधारेर सम्भावनाहरुलाई पनि खोज्नुपर्ने आवश्यकता रहेको उनले बताए। उनले सबैजना निष्ठाका साथ इमान्दार भएर कोशिस गर्ने हो भने खेल क्षेत्रले भविष्यमा राष्ट्रको झण्डा फर्फराउने बताए।  

प्रकाशित: ४ वैशाख २०८१ १९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App