१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रविको प्रश्न: जीबी राईका सबै बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

गृहमन्त्रीसमेत रहेका रास्वपा अध्यक्ष रवि लामिछानेले जीबी राईका सारा बदमासीको ठेक्का लिनु पर्ने हो भन्दै प्रश्न गरेका छन्।  

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना धारणा राख्दै भनेका छन्, 'के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो ?'

उनले अभियोगपत्रमा आफूले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी नभएको पनि बताएका छन्।

'के अभियोगपत्रमा मैले गैरकानुनी ऋण लिएको भन्ने पुष्टी भएको छ र ? अभियोगपत्रमा गोरखा मिडिया नेटवर्क प्रा.लि.मा तत्कालिन समयमा शेयरधनी रहेको वाहेक रवि लामिछाने भन्ने व्यक्तिले सुप्रिम सहकारी ठगी गरेको भन्ने कुनै प्रमाण कागजातहरूबाट पुष्टी भएको कतै  केही छ ? म जीबी राई ले ल्याएको लगानीको आम्दानीको श्रोत हेर्ने अधिकारी थिए कि, ऋण माग कर्ता थिए कि, ऋण दिने सहकारीको आधिकारिक ब्यक्ति थिएरु कि म दुई चार करोड ठग ठाग गरेर जीवन धान्न पर्ने हैसियतहिन मान्छे हुँ ?' उनले लेखेका छन्।  

पछिल्लो समय रवि लामिछानेले गैर कानुनी रुपमा सहकारीबाट ऋण लिएको र नतिरेको भन्दै सञ्चार माध्यममा समाचारहरू आइरहेका छन्।  

प्रकाशित: ४ वैशाख २०८१ १९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App