१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राप्रपाको आन्दोलनमा मारिएका डाँगीलाई सहिद घोषणा गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलनको क्रममा मारिएका पार्टी कार्यकर्ता ठाकुरप्रसाद डाँगीलाई सरकारले सहिद घोषणा गर्न माग गरेकाे छ।

मंलबार रफत सञ्चार क्लबमा आयोजित अन्तर संवाद कार्यक्रममा पार्टीका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले डाँगीलाई सरकारले सहिद घोषणा गर्न सरकार समक्ष माग गरेका हुन्। उनले डाँगीलाई सहिद घोषणा नगरे कडा सडक आन्दोलन गर्ने चेतावनी समेत दिए।

‘मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्छ’ उनले चेतावनी दिए।

शान्तिपूर्ण आन्दोलनमाथि भएको दमन अक्षम्य भएको उनको भनाई थियो। शाहले आन्दोलनमा गरिएको दमन निन्दनीय रहेको बताए।

राप्रपाको वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप आन्दोलनको घोषणा गर्ने शाहले स्पष्ट पारे। 

गणतन्त्र असफल भइसकेको जिकिर गर्दै शाहले राष्ट्रपतिको स्थानमा राजतन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए। राप्रपाले गरेको आन्दोलनको क्रममा डाँगीको मृत्यु भएको थियो। 

प्रकाशित: ४ वैशाख २०८१ २०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App