२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौँ महानगरले तोकेको २ सय २२ रुपैयाँ राप्रपाले नतिर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौँ महानगरपालिकाले पत्र मार्फत तिर्नका लागि ताकेता गरेको क्षतिको रकम नतिर्ने भएको छ।

काठमाडौँ महानगरपालिकाले गत २७ गतेको आन्दोलनका क्रममा आइल्याण्डमा क्षति पुगेको भन्दै २ सय २२ रुपैयाँ तत्काल तिर्न पत्र मार्फत राप्रपालाई ताकेता गरेको थियो।

‘महानगरले प्रतिशोधका आधारमा हामीलाई पत्र पठाएको हाम्रो ठहर हो। हामीले त्यो रकम तिर्दैनौ’, राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले नागरिकन्यूजसँग भने।

महानगरले आन्दोलनकारीहरूले गतिविधिले आइल्याण्डमा क्षति पुगे ठहर गर्दै उक्त जरिवाना तत्काल तिर्न राप्रपा कार्यालयमा पत्र पठाएको थियो।

महानगरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय गरेको थियो।

प्रकाशित: ७ वैशाख २०८१ १९:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App