२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायका रुपमा बुझ्नुपर्छः पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रुपमा बुझ्न आवश्यक रहेको बताएका छन्।

ललितपुरमा आज मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्व. नेता अधिकारी अनेक उत्तारचढावहरु भएपनि कहिले पनि खण्डित नभएको बताए।

उनले शासन सत्तामा रहँदा मात्रै नभइ स्व. नेता अधिकारी प्रतिकुल अवस्थामा समेत स्थिर रहेको बताए। उनले कम्युनिष्ट आन्दोलन भित्र देखापर्ने कुनैपनि अतिवादमामा स्व. अधिकारी नरहेका बताए।

उनले अधिकारी स्वभाव र विचारमा नरम देखिएपनि देब्रे वा दाहिने विचार र प्रवृत्तिको विरोधमा रहेको भन्दै अहिलेको कम्युनिष्ट आन्दोलनमा लागेका विद्यार्थीहरुले मनमोहन अधिकारीको सादगीपूर्ण जीवनीको बारेमा जान्न आवश्यक रहेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्व. मनमोहन अधिकारी भूराजनीतिक संवेदनशिलताप्रति गम्भीर रहेको बताए।

प्रकाशित: १३ वैशाख २०८१ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App