१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

नेपाल र युरोपिन युनियनबीचको संयुक्त आयोगको बैठक आज

नेपाल र युरोपियन युनियन (इयू) बीचको संयुक्त आयोगको १५ औँ बैठक आज बस्दै छ।

बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव सेवा लम्साल र इयूको ‘युरोपेली एक्सटर्नल एक्सन सर्भिस’का एसिया र प्यासिफिकका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने छ।

बैठकमा दुवै पक्षले नेपाल र युरोपियन युनियनबीचको द्विपक्षीय सम्बन्धका साथै साझा हितका क्षेत्रीय तथा बहुपक्षीय मुद्दाहरूमा सहकार्यका समग्र पक्षहरूको समीक्षा गर्ने मन्त्रालयले जनाएको छ।

यस्तै आजको बैठकमा साझेदारीको स्तर अभिवृद्धि र विकास सहयोगको प्रभावकारिता बढाउनको लागि भावी कार्यदिशाबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

गत फागुन २३ गते नेपाल र युरोपियन युनियनबीचको विकास सहयोग उपसमितिको बैठक अर्थ मन्त्रालयमा बसेको थियो। बैठकमा नेपाल र युरोयियन युनियनबीच जारी विकास सहयोगका समग्र पक्षका बारेमा विचार आदानप्रदान भएको थियो।  

प्रकाशित: ६ चैत्र २०८० ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App