१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सेतो मछिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

आजबाट सेतो मछिन्द्रनाथ जात्रा सुरु हुँदैछ। मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म यात्रा गरिने छ।

सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।

काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुन लागेको अवसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबैलाई यात्रामा सहाभागी हुन आग्रह गरेका छन्।

उनले काठमाडौँ एउटा सहर मात्र नभई सभ्यता रहेको भन्दै मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौँका एउटा संस्कारको केन्द्रबिन्दु रहेको उल्लेख गरेका छन्।

सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।

त्यसैगरी लगन आमा रुख परिक्रमा, लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा गराइनछ।

प्रकाशित: ४ वैशाख २०८१ ०९:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App