१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हेटौँडाको रामनगरमा आगलागी, एक सामान्य घाइते

तस्बिर सौजन्य: निरज केसी/हेटौँडा

हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६ स्थित रामनगरमा मंगलबार साँझ आगलागी हुँदा एक जना सामान्य घाइते भएका छन्। सामान्य घाइते हुनेमा सोही ठाउँ बस्दै आएका ३५ वर्षीय प्रकाश चौलागाई रहेका छन्।

प्रहरीका अनुसार मंगलबार साँझ ५ बजेर ५० मिनेटको समयमा स्थानीय ६८ वर्षीय आत्म लाल चौलागाईको दुई तत्ले कच्ची घर र सँगै जोडिएको गोठमामा आगलागी भएको थियो।

तस्बिर : निरज केसी/हेटौँडा

आगलागीका कारण उक्त घर नजिकै रहेको उनका भाइ लीला नाथ चौलागाईको तीन तले पक्की घरको सिसा आगोको तापले फुट्न गई प्रकाशकाे टाउकोमा चोट लागेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार सामान्य घाइते भएका प्रकाश स्थानीय मेडिकलमा उपचार पछि घर फर्किएका छन्।

बिजुलीको तार सट भई आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। हाल प्रहरी चौकी चौघडा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दमकल र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८१ १९:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App