१७ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई उपाधि

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ले सोमबार आरबिबिएल–इसान कप तेस्रो फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा एनआइएमबीले नेपाल आयल निगमलाई २(० गोलले पराजित गर्‍यो। एनआइएमबीको जितमा दुवै गोल सुलभ थापाले २ गरे। उपाधिसंगै एनआइएमबीले ५० हजार नगद पुरस्कार पायो। आयल निगमले ३० हजार नगद पुरस्कार प्राप्त गर्‍यो। आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोस्रो पटक हो। दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो।

पहिलो संस्करणको उपाधि एभरेस्ट बैंक लिमिटेडले जितेको थियो। सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो। नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २(० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले समान १र१ गोल गरे। नेपाल बैंकले २० हजार नगद पुरस्कार हात पार्‍यो। प्रतियोगिताभर ९ गोल गरेका एनआइएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। एनआइएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए।

राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको उपाधि हात पार्‍यो। विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्ररमन खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ, तत्कालीन पेस्डानका अध्यक्ष कुलप्रसाद आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।

इसान स्थापना भएपछि संस्थाको यो पहिलो खेलकुद प्रतियोगिता हो। प्रतियोगिताको सह–प्रायोजकमा कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, इसानअघि यो संस्था सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल ९पेस्डान० को नाममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० मा दर्ता थियो। नयाँ खेलकुद ऐनअनुसार पेस्डान राखेपमा नवीकरण गर्न नमिल्ने भएपछि आगामी दिनमा खेलकुद गतिविधिलाई निरन्तरता दिने उद्देश्यसाथ इसानलाई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएको हो । पेस्डानले विभिन्न खेल समावेश गरी १३औं संस्करणको खेलकुद प्रतियोगिता आयोजना गरिसकेको थियो।

प्रकाशित: ६ चैत्र २०८० ०८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App