१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

म्याक्सवेलले भनेः मानिसक रुपले थकित छु, आराम चाहियो

रोयल च्यालेन्जर्स बैङ्गलोरका अलरान्डर ग्लेन म्याक्सवेलले जारी इन्डियन प्रिमियर लिगबाट अनिश्चितकालका लागि बिदा लिएका छन्।

जारी सिजनमा बैङ्गलोरको लगातारको असफलता पछि म्याक्सवेलले मानसिक रुपले थकित भएकोले बिदामा बस्न लागेको बताएका छन्।

बैङ्गलोरको व्यवस्थापन पक्षसँग उनले आफू मानिसक र शारीरिक रुपले थकित रहेका कारण बिदाको माग गरेका थिए। म्याक्सवेलको बिदा आग्रह व्यवस्थापन पक्षले स्वीकार समेत गरिसकेको छ।

जारी सिजनमा बैङ्गलोर सबैभन्दा कमजोर टिम बनेको छ। हालसम्म ७ खेल खेलेको बैङ्गलोरले जम्मा १ खेलमा जित हात पारेको छ भने ६ खेलमा पराजित भएको छ।

विश्वकप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका म्याक्सवेलले जारी आईपीएलमा खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन्। जारी सिजनमा २ खेलमा शून्यमा आउट भएका उनले अन्य खेलमा पनि खासै प्रदर्शन गर्न सकेनन्।

बैङ्गलोरले ११ करोडमा खरिद गरेको म्याक्सवेलको प्रदर्शन निराशाजनक रहेपछि उनी आफैँले बिदा बस्ने निर्णय गरेका हुन्। उनले बैङ्गलोरका कप्तान फाफ डु प्लेसिस र टिमका कोचलाई मेरो विकल्पमा अरुलाई मौका दिन पनि आग्रह गरेका छन्।

प्रकाशित: ४ वैशाख २०८१ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App