१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

रोमाञ्चक खेलमा राजस्थान २ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले रोमाञ्चक जित हात पारेको छ।

गयराति सम्पन्न खेलमा कोलकोत्ता नाइट राइडर्सलाई २ विकेटले हराउँदै राजस्थानले जित हात पारेको हो।

टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको कोलकोत्ताले निर्धारित ओभरमा ७ विकेट गुमाएर २२३ रन बनायो। २२४ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले ८ विकेट गुमाएर अन्तिम बलमा लक्ष्य पूरा गर्यो।

राजस्थानको जितका लागि जोश बटलरको शतकीय पारी वरदान सावित भयो। नट आउट रहँदै उनले १०७ रनको योगदान गरेर अन्तिम ओभरको अन्तिम बलमा जितका लागि १ रनको आवश्यकता हुँदा बटलरले चौका प्रहार गरे राजस्थानलाई जित दिलाए।    

कोलकोत्ताका लागि सुनिल नरिनले सर्वाधिक १०९ रन जोडेपनि त्यो जितका काम लागेन भने कोलकोत्ताका अन्य खेलाडीले खासै रन जोड्न सकेनन्।

जारी सिजनमा कोलकोत्ताको यो दोस्रो हार हो। हालसम्म ७ खेल खेलेको राजस्थानले ६ खेलमा जित हात पार्दै आफ्नो शीर्षता कायमै राखेको छ भने कोलकोत्ताले ६ खेलमा दुईमा हार व्यहोरेको छ भने ४ मा जित हात पारेको तालिकाको दोस्रो स्थानमा यथावत रहेको छ।

प्रकाशित: ५ वैशाख २०८१ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App