पोखरा रंगशाला प्रवेशको लागि खुला नभएपनि विभिन्न खेलहरुको प्रशिक्षण भने शुरु गरिएको छ । लामो समय बन्द भएको रगशालामा प्रशिक्षण शुरु भएपछि चहलपहल समेत बढेको छ ।
एउटै व्यक्ति दुई वा दुई भन्दा बढी संघमा सदस्य एवं पदाधिकारी बन्ने परिपाटी अब अन्त्य हुने छ। एउटा खेलकुद संघमा रहेको सदस्य अर्को संघमा बस्न नपाउने भएका छन्।
आत्महत्या दर दिनहुँ बढ्दो छ। युवापुस्ता विशेष गरी प्रेममा हुने असफलले आत्महत्याको बाटो रोज्ने गर्छन्। प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिन थालेको छ।
गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबार बसेको प्रदेश सभाको बैठकले पारित गरेको छ । प्रदेशको ५७ औं बैठकले पास गर्नुअघि गण्डकी प्रदेश विधायन समितिमा छलफल गरिएको थियो ।
संघीय सरकारले एक स्थानीय एक खेल मैदानको लागि प्रस्ताव आह्वान गरेको दुईसातापछि गण्डकी प्रदेश सरकारले पनि स्थानीय तहमा खेलकुदका पूर्वाधार बनाउन सार्वजनिक सूचना निकालेको छ।