‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो’
१२ कार्तिक २०८१
•
७ मिनेट पाठ
‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो’
तिहार वर्षको एक पटक मात्रै आउँछ। यस वर्षको तिहार पनि सम्मुखमा छ। तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन्। तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन्। माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ। न त माग बढेको छ न त भनेको जस्तो व्यापार।




पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरुको भनाइ छ। गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरु छन्। तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो। तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरुको छ। नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताए।

उनका अनुसार विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन। कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरु आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन्। तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उहाँको भनाइ छ। महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान विक्री गर्ने अनुमान छ। तर विगतका वर्षहरुमा ५०र६० करोडको बजार तिहारमा हुने गरेको बताए।

‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ। कलकताबाट वीरगञ्ज हुँदै आउने सामानहरु लगभग आइसकेको अवस्था हो। केरुङ र तातोपानी नाकाबाट आउने सामानहरु बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन ।’ उनी भन्छन्, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५/३० करोडको सामान आउँछ की भन्ने छ। नेपालको बजार विगतमा धेरै राम्रो थियो। ५०/६० करोडको मार्केट हो।’

अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरु बिक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ की भन्ने त्रास व्यवसायीहरुको रहेको बताए। कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उनले  बताए। उनले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताए। व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताए।

उनले भने, ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन्। विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन। तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ। त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौं केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ। सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ।’

नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्दछन्। त्यसमाथि पनि चीनबाट धेरै आउँछन्। तेस्रो मुलुकबाट केही सामग्रीहरु मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउनु हुन्छ। तिहारको बेलामा माला बत्तीहरु ल्याइने गरेको तर तिहारमा भन्दा विद्युतीय सामग्रीको व्यापार गर्नेहरुलाई दसैँअघि धेरै व्यापार हुने बताए। अहिले युवा जनशक्ति कम हुँदा त्यो व्यापार हराउँदै गएको बताए।

उनले भने, ‘चीन र भारतबाट सामानहरु धेरै ल्याउँछौँ। बाँकी केही सामग्रीहरु तेस्रो मुलुकबाट ल्याइन्छ। हामी चीन र भातरसँग निर्भर छौँ। तिहारको बेलामा माला बत्तीहरु ल्याइन्छ। हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भीडभाड हुन्छ, मालाबत्ती किन्नुहुन्छ। रमाइलो हुन्छ। तर हाम्रो खास क्वालिटीको हिसावको व्यापार भनेको दसैँमा हो। दशैँको बेलामा एउटा कस्टुमरले ४०÷५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो।’

सुन्धाराका विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गरे। नेपालीहरु अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताए।  सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामथ्र्य नरहेको हुनसक्ने अनुमान उनको छ। पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको बताए।

उनले भने, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन। हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन। कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन। मलाई जहाँसम्म लाग्छ, सहकारीले पैसा जुन अपचलन गरेको छ नि, त्यसको असर हामी नेपाली जनतामा परेको जस्तो मलाई लाग्छ। किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो। मुख्य कारण पैसाको अभाव नै हो। पोहोर साल ठिकै व्यापार थियो। अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन। सामान त जसरी पनि आउँथ्यो होला तर डिमाण्ड नै छैन।’

बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उनको भनाइ छ।  सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउँछन्। तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उनको भनाइ छ। प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरुको डिमाण्ड आउने भएपनि युवा जनशक्तिहरु बाहिर रहेकाले खासै माग नरहेको बताए।

उनले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महशुस हुने गरेको बताए। साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उनको गुनासो छ।

उनले भने, ‘व्यापार अहिले त्यति छैन, अब एक दुई दिनमा होला। व्यापार भनेर त्यत्ति पहिला जस्तो अब तिहार आयो भनेर लगातार मान्छे आउने छैन। तिहारको सामानहरु यहाँ भन्दा बाहिर जिल्लाबाट अर्डर आइरहेको छ। त्यो अलिअलि पठाइरहेका छौँ। अहिले टेक्नोलोजीको जमाना भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने खोज्छन्। त्यो सामानहरु प्रोभाइड त हुँदैन । सकेसम्म प्रोभाइड गरेर ग्राहकहरुलाई खुशी बनाउने प्रयासमा छौँ। यो मन्दीका कारण होला पहिला भन्दा अलि कम जस्तो लाग्छ।’

नेपालमा अहिले वृद्धवृद्धा र बालबालिकाहरु मात्रै रहेको उनको ठम्याइ छ। नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको बताउँछन्। वार्म लाइटको माग यस वर्ष बढेको बताए।

उनले भने, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन्। प्रायःजस्तो बाहिर नै जान्छन्। राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए। बुढाबुढी मात्रै छन्। नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमाण्ड छ।’

व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउनु हुन्छ। प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरु नआएको हनुसक्ने उनको अनुमान छ। उनी भन्छन्, ‘दीपावलीको लागि व्यापार कम नै छ। हुनत समय आउन अझै बाँकी नै छ। भनेको जस्तो व्यापार भएको छैन। प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ।’

व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताए। बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उनको भनाइ छ। विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको बताए।

उनले भने, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ। चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ।’

अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउँछन्। पहिलाको भन्दा ६०÷७० प्रतिशतले व्यापार कम रहेको बताए। देशको आर्थिक् अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हनुसक्ने बताए। उनले विगतका वर्षहरुमा भ्याइनभ्याइ हुने व्यवसायीहरु अहिले खालि रहेको बताए। उनले सरकारले विद्युतीय सामग्रीहरुको व्यापार गर्नेहरुमाथि ध्यान दिनुपर्ने बताए।

उनले भने, ‘पहिलाको तुलनामा अहिले व्यापार छैन। व्यापार एकदमै छैन। देशको आर्थिक अवस्थाले हो की के हो। पहिलाको भन्दा ६०÷७० प्रतिशतले घटेको छ। तिहारको समयमा पनि हामी खालि छौँ । विगतका वर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो। सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन।’

व्यवसायी राज नेपालले व्यवासायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताए। उनले तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको बताए। उपभोक्ताहरु र व्यवसायीहरुमा पनि उत्साह नपाएको बताए। सरकारले व्यवसायीहरुलाई बचाउने काम गर्नुपर्ने उनको माग छ।

उनले भने, ‘व्यापारीहरुलाई व्यापार नभएर चिन्ता छ। तुलनात्मक रुपमा यस वर्ष व्यवसायिक रुपमा र अरु हिसावले पनि खासै उत्साह छैन। यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो। तर अघिल्ला वर्षहरुको जस्तो ठूलो चाप छैन। व्यवसायीहरुलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ। बजारमा चहलपहल गर्नेकाम गर्नुपर्छ। यस्तै अवस्था भइरहे व्यवसायीहरु धेरै पलायन हुने अवस्था आउँछ।’

व्यवसायी नेपालले बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले यस्तै अवस्था भइरहे व्यवसायीहरु केही समयपछि आफैँ पलायन हुने बताउनु भयो । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरुको माग धेरै कम छ । ग्राहकहरु पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरु बताउँछन् । 
अर्को समाचार
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँचधारेमा आधुनिक कृषि उपज केन्द्र निर्माणका लागि बोलपत्र आह्वान
भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब रु ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ। 




भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ।

भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए। उनका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ।

केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज सङ्कलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन्। विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पुर्याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ।

उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ। उत्पादित बस्तु बजारसम्म पुर्‍याउ र लामो समयसम्म सुरक्षित राख्न नसक्दा कृषि उपज खेर जाने समस्या थियो।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा सङ्कलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताए। 

उनका अनुसार केन्द्र निर्माणपछि मुन्दुम पदमार्गमा पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। किसानले उत्पादन गरेका वस्तु सङ्कलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य पनि लिएको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार केन्द्र निर्माणले कृषि उत्पादनको बजारीकरण सहज हुने तथा पाँचधारे आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ। 

उक्त गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय उत्पादनको सङ्कलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने बताए।
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस