'सामाजिक सुरक्षा योजना अनिवार्य हो'
०८ कार्तिक २०७६
•
४ मिनेट पाठ
'सामाजिक सुरक्षा योजना अनिवार्य हो'
काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐच्छिक नभई अनिवार्य भएको र सबै रोजगारदाता यसमा सहभागी हुनै पर्ने प्रस्ट पारेका छन्।




कार्यान्वयनमा आएको एक वर्ष पुग्नै लाग्दा पनि रोजगारदाताले खासै चासो नदेखाएपछि उक्त योजनालाई अब अनिवार्य बनाउने उनले बताए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विष्टले उक्त योजना श्रमिक र रोजगारदाताको हितमा छ भन्ने कुरा बुझ्नुपर्ने औंल्याए।

गत मंसिर ११ देखि कार्यान्वयनमा ल्याइएको उक्त योजनामा अहिलेसम्म सूचीकृत हुने रोजगारदाताको संख्या आठ हजार आठ सय १८ मात्र छ। योजनामा सूचीकृत हुन रोजगारदाताले आलटाल गरेपछि मन्त्रालयले पुनः थप एक महिना सूचीकरणको म्याद थपेको जनाएको छ।

असार मसान्तसम्म दिइएको म्यादमा निकै थोरै रोजगारदाता योजनामा सूचीकृत भएपछि पहिलोपटक म्याद थप गरी असोज मसान्तसम्म पु-याइएको थियो। असोज मसान्तसम्म पनि अपेक्षा अनुसार रोजगारदाता र श्रमिक सूचीकृत नभएपछि पुनः एक महिना थप गरिएको विष्टले जनाए।

‘सबै श्रमिक र रोजगारदातालाई थप गरिएको एक महिनाको अवधिभित्र योजनामा सूचीकृत हुन आग्रह गर्छौं,’ उनले भने, ‘त्यसपछि पनि सूचीकृत नहुनेको हकमा ऐन अनुसारको प्रक्रिया सुरु हुन्छ।’ सामाजिक सुरक्षा ऐनमा तोेकिएको अवधिमा योजनामा सहभागी नहुने रोजगारदातालाई सरकारले दिने सेवा, सुविधा खारेज हुनेसम्म उल्लेख छ।

मन्त्री विष्टले संविधानमै उल्लेख गरिएको उक्त योजना सबै रोजगारदाता र श्रमिकका लागि अनिवार्य रहेको पटकपटक दोहो-याए। ‘यो सरकार श्रमिकको जीवन जोखिममा परेर निरिह बनेको हेर्न चाहँदैन,’ उनले भने, ‘काम गरेर बाँच्ने वर्गको जीवन सुरक्षाका लागि ल्याइएको यो योजनालाई कसैले पनि अटेरी गर्न मिल्दैन।’

यो योजनाले श्रमिक र रोजगारदाताको सम्बन्ध न्यानो बनाउने र उत्पादकत्व वृद्धि गर्ने उनको भनाइ छ। केन्द्रीय तथ्यांक विभागका अनुसार देशभरीमा नौ लाख २२ हजार उद्योग, प्रतिष्ठान दर्ता भएका छन्। ती संस्थामा करिब ३४ लाखले काम गरिरहेको बताइन्छ। योगदानमा आधारित उक्त योजनामा योगदान गर्ने कर्मचारी, श्रमिकको संख्या एक लाख नौ सय ६८ मात्र पुगेको छ।

ती योगदानकर्ताले सात करोड ६५ लाख रुपैयाँ योगदान गरेको सामाजिक सुरक्षा कोषले जनाएको छ। कोषमा योगदान गरेकामध्ये इन्जिनियर रुपेन्द्र थापा र प्रकाश तामाङको निधन भएपछि कोषले तोकिएको सुविधा दिन थालेको जनाएको छ।

१६ हजार रुपैयाँ योगदान गरेका थापाको मृत्युपछि उनकी २६ वर्षीया पत्नीले आजीवन मासिक १७ हजार एक सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था मिलाइएको कोषले जनाएको छ। मन्त्री विष्टले उद्योग, प्रतिष्ठान कति दर्ता भए भन्नु भन्दा पनि कति क्रियाशील छन् भन्ने महत्वपूर्ण कुरा भएको बताए।
अर्को समाचार
सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा
०८ पौष २०८०
•
१ मिनेट पाठ
सञ्चार क्षेत्रमा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याउँछौँ: मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना सबै क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रुपमा लागु गरिने बताएकी छिन्।




आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजना अनिवार्य गर्न कानुनमै परिवर्तन गरिन लागेको बताएकी हुन्।

मन्त्री शर्माले सामाजिक सुरक्षा योजना अनिवार्य नगरिए के कारबाही हुने भन्ने कानुनी व्यवस्था गर्न लागिएको जानकारी दिइन्। उनले भनिन्,‘सामाजिक सुरक्षा योजनालाई अनिवार्य भनिए पनि सञ्चार प्रतिष्ठान, उद्योग तथा अन्य विभिन्न क्षेत्रमा लागू नभइरहेको अवस्थालाई मध्यनजर गरेर कानुनमै श्रमिकहरूलाई सहभागी नगराए के कारबाही हुने भन्ने व्यवस्था पनि गर्दैछौं।’

मन्त्री शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा देश भित्र तथा वैदेशिक रोजगारीमा रहेका  सबै श्रमिकहरूलाई  अनिवार्य सहभागी हुने वातावरण सरकारले तयार पार्ने स्पष्ट पारिन्। उनले पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षामा अनिवार्य रुपमा आबद्ध हुने व्यवस्था कार्यान्वयनमा पनि ल्याइसकेको जानकारी दिइन्।

शर्माले सरकार गठन भएको एक वर्ष पुग्न लागेकाले अब, सरकार गिएर बदल्ने दाबी गरिन्। उनले भनिन्, ‘सुशासन, विकास, सहज सेवा प्रवाह र आर्थिक समृद्धिका लागि सरकारले अब, गिएर परिवर्तन गरेर अघि बढ्दैछ ।’ मन्त्री शर्माले एक वर्षको अवधिमा सरकारले देश र जनताको हितका विषयमा धेरै राम्रा कामहरू गरेको पनि बताइन्। 
राप्तीमा धान खरिद सुरु
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ।
Whatsapp
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
सूक्ष्म संवेदनाहरूको जीवन्त दस्तावेज ‘इन्द्रेणी सौन्दर्य’
निबन्धकार ज्ञानेन्द्र विवशको ‘इन्द्रेणी सौन्दर्य’ निबन्धहरूको संग्रह हो। यसमा पाठकले सहजै अनुभूतिहरूको यथार्थ र सौन्दर्यको सङ्गम भेट्छन्।&...
Whatsapp
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
आजदेखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आज (आइतबार)देखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।
Whatsapp
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका क्रियाशील सदस्य करिब एक लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ।
Whatsapp
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
राजनीति
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
रविलाई एमाले नेता रिजालको आग्रह : बालेनको चीन भ्रमणमा दैलेखको जलजले ग्यास उत्खननलाई प्राथमिकतामा राख्नु होला
नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजालले दैलेखको भैरवी गाउँपालिका–१ स्थित जलजलेमा प्राकृतिक ग्यास उत्खनन तथा उत्पाद...
Whatsapp
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
‘कुमारी’ लोकार्पणसँगै स्रष्टा तथा प्रतिभा सम्मानित
‘ज्ञानकाजी–मोहनलाल खिँ स्मृति सेवा कोष’ले लेखक ज्ञानकाजी मानन्धरको दोस्रो संस्करण ‘कुमारी’को  लोकार्पण तथा दुई विशि...
Whatsapp
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
राजनीति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
रविलाई बस्नेतको प्रश्न : सहकारी बचतकर्ताले रकम फिर्ता कहिले पाउँछन् ?
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आग्रह...
Whatsapp
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीलाई आङ्देम्बेको प्रश्न : सरकार न्यायको पक्षमा कि षड्यन्त्रमा ?
नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ।
Whatsapp
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
म्यानमारमा विवाह समारोह स्थल र विद्यालयमा सेनाको हवाई आक्रमण : २१ जनाको मृ*त्यु, ३५ घाइते
सेनाको निशानामा विवाह समारोहस्थल र विद्यालयसमेत परेका छन्।
Whatsapp
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इजरायलमा सरकार गठनका लागि आइजेनकोटले नेतान्याहुलाई वार्तामा बोलाए
इजरायलमा विपक्षी गठबन्धनका नेता गादी आइजेनकोटले सरकार गठनका विषयमा वार्ता गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आमन्त्रण गरेका छन्।
Whatsapp
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
भारत २४६ रनमा अलआउट, दोस्रो इनिङ्समा न्युजिल्यान्डलाई सुरुवाती झट्का
भारत र न्युजिल्यान्डबीच भइरहेको दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा भारत २४६ रनमा अलआउट भएको छ।
Whatsapp
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शिक्षामन्त्री पोखरेललाई लिएर जन्मभूमि पुगिन् मन्त्री सिता बादी
बाल्यकालमा बालुवा–गिट्टी कुटेर जीवनका कठिन सङ्घर्ष बिताएकी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी आ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस