पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ।
पछिल्लो दुई वर्षमा मात्र २ लाख २७ हजार ७८० विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएका छन्। यसको अर्थ वार्षिक १ लाख १३ हजार ८९० विद्यार्थी बिदेसिएका छन्।
अझ डरलाग्दो र उदेकलाग्दो तथ्याङ्क यस्तो छस् यसरी विदेश गइरहेका विद्यार्थीको सङ्ख्या उल्लेखित दुई वर्ष अगाडीको अनुपातमा साढे ३ गुणा छ। किनकि आर्थिक वर्ष २०६५/६६ देखि २०७७/७८ सम्म १३ वर्षमा जम्मा ४ लाख १६ हजार ३६४ जनाले मात्र एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) लिएका थिए।
तर यता आव २०७८/७९ र २०७९/८० साल दुई वर्षमा मात्र एनओसी लिनेको सङ्ख्या २ लाख २७ हजार ७८० छ। यसको अर्थ प्रष्ट छ, शिक्षा क्षेत्रमा भइरहेको सरकारी लगानी बालुवामा पानी।
विद्यालय शिक्षा अर्थात् कक्षा १२ पास हुनासाथ उच्च शिक्षा अध्ययनका लागि बर्सेनि सयौँ विद्यार्थी बिदेसिने गरेका छन्।
सरकारले सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत २०६९ सालयता विशेष गरी विद्यालय शिक्षामा सबैको पहुँच बढाउने लक्ष्यसाथ बर्सेनि बजेट बढाउँदै लगेको छ। सरकारले कक्षा ८ सम्म अर्थात् आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहको शिक्षा (कक्षा ९ देखि १२) निःशुल्क गरेको छ।
निःशुल्क शिक्षाअन्तर्गत विद्यालय तहका बालबालिकाले पाठ्यपुस्तक, शिक्षण शुल्क, परीक्षा शुल्क, खाजा, शैक्षिक सामग्री लगायत निःशुल्क पाउने कानुनी व्यवस्था छ।