जाडोमा बढी सताउँछ बाथले
०७ मंसिर २०७६
•
१३ मिनेट पाठ
जाडोमा बढी सताउँछ बाथले
अरु मौसमको तुलनामा जाडोमा बाथरोगी बढी पीडित हुन्छन्। बाथरोग महिलामा किन बढी हुन्छ ? नेपालमा कुन बाथ बढी पाइन्छ ? प्रस्तुत् छ नागरिककर्मी पवित्रा सुनारले वीर अस्पतालका बाथरोग बिशेषज्ञ डा.अन्जल बिष्टसित गरेको कुराकानी।




चिकित्सा सेवामा कति वर्ष बित्यो ?

– ११ वर्ष भयो। सन् २००७ मा सरकारको छात्रबृत्तिमा बंगलादेशमा एमविविएश सकेपछि यो सेवामा लागें। त्यही क्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानवाट एम डी र भारतको नयाँ दिल्लीवाट  बाथरोगमा एक वर्षे फेलोसिप गरेपछि वीर अस्पतालमै निरन्तर छु।

बाथरोग भनेको के हो ?

– बाथरोग दीर्घरोग हो। धेरै बिरामीहरुले बाथरोगका बिरामीले केही समय औषधी खाएपछि वीचमै छोड्नु हुन्छ। त्यस कारण रोग बल्झिने गरेको देखिन्छ। शरिरमा एक किसिमको इम्युन सिस्टम हुन्छ। यसको काम बाहिरी संक्रमण हुन नदिनु हो। शरिरको प्रतिरक्षा व्यवस्थाका कुनै कारणले समस्या आएमा शरिरभित्र रहेको कोषिकाले आफ्नै कोषिकालाई बाह्य जीवाणु ठानेर ती कोषिकालाई नष्ट गर्ने र शरिरमा एन्टीवडी निर्माण गर्न थाल्छन्। तव बाथरोगको बिभिन्न लक्षण देखिन थाल्छन्।

नेपालमा प्रचलित बाथरोग कुन कुन हुन् ?

– सवै भन्दा बढी देखिने गरेको रुमाटिक आर्थटाइटिश(गठियाँ बाथ),ओष्ट्रियो आर्थटाइटिश(हड्डी खिइने बाथ) तेस्रो युरीक एसिड बाथ र चौथो मेरुदण्डको बाथ प्रचलित छन्। तर सवै प्रकारका बाथ महिलामा बढी देखिन्छ।

महिलाहरुमा बाथरोग बढी हुनुको कारण ?

– महिलाहरुमा हुने हर्मोनको असन्तुलनले पनि बाथ हुने गरेको देखिन्छ। पुरुषको तुलनामा महिलामा स्ट्रोजन हर्मोन महिलामा असमान हुन्छ। जस्तो महिनावारी बन्द भएपछि लुपस बाथ महिनामा बढी देखिन्छ। यस्तो हुनु भनेको कुनै कुनै रुपमा महिलामा हुने हर्मोनको भूमिका देखिन्छ। तर गठियाँ बाथ,कनेक्टिभ टिसयु रोग(लुपस बाथ),हड्डी खिइने समस्या पनि महिलामा बढी देखिन्छ। तर पुरुषमा बढी देखिने बाथ चाहिं मेरुदण्डको बाथ र गाउट आर्थटाइटिश(युरिक एसिड बाथ) बढी देखिन्छ। ओष्टियो पोरोसिश पनि महिलामा बढी देखिन्छ। यो रोगमा हड्डी खिइएर छिद्र पर्ने,सानै चोटमा पनि हड्डी भाँचिने जस्ता समस्या हुन्छन्।

महिलाहरुमा बाथ मध्येमा पनि बढी देखिने बाथ चाहिं कुन कुन हुन् त ?

– ओस्ट्रियो पोरोसिस र गठियाँ बाथ बढी देखिन्छन्।

कुनै औषधीको प्रयोगले पनि बाथ रोग हुन्छ भनिन्छ नि ?

–महिलामा हुने हर्मोनको पनि भूमिका हुन्छ। यसको साथै दम तथा बाथ रोगमै प्रयोग हुने स्टरेइड औषधीले ओस्टियो पोरोसिस हुन्छ।

गठिया बाथ किन महिलामा बढी हुन्छन् ?

– गठिया बाथ बंशाणुगत कारण तथा  महिलामा हुने हर्मोनको कारणले देखिन्छ।

गठिया बाथको लक्षण के के हो ?

– हात तथा खुट्टाका स– साना जोर्नीहरु जस्तो औला तथा खृुट्टाका जोर्नीहरु सुतेर उठ्दा कक्रक्क हुने, सुन्निने कहिलेकाँही ठूलै जोर्नी सुन्निने,कुर्कुच्चाको जोर्नी सुन्निने र हिंडडुल गर्दै गएपछि जीउ तात्दै गएर सामान्य जस्तो हुने। कसै–कसैको औलाहरुमा गिर्खा आउने पनि हुन्छ। औलाहरु बांगिदै जाने,लामो समय भयो भने आँखा तथा मुखको ग्रन्थीमा समस्या आउने हुन्छ। मुख सुख्खा हुने, आँखा सुख्खा हुने हुन्छ। लामो समय उपचार भएन भने फोक्सोमा समेत असर पुगी दम आउने,श्वा–श्वाँ हुने, मुटुमा पानी जम्ने, श्वास फेर्न गाह«ो हुने र रक्तअल्पता हुने,रिंगता लाग्ने,रगतमा बिभिन्न तत्वको कमी हुने जस्ता लक्षण हुन्छ।

डा.अन्जल बिष्ट 

बिरामीले गठिया बाथ हुँदैछ भनेर कसरी समयमै थाहा पाउने ?

– मुख्य कुरा जोर्नीहरु दुख्ने,सुन्निने,विहानी पख झनै दुख्ने,काम गर्न थालेपछि थाहा नहुने,आरम गरेपछि झनै दुख्ने अवस्था भएमा गठिया बाथ हुँदैछ भन्ने थाहा पाउन्ु पर्छ र वेलैमा उपचारमा जानु पर्छ।

यो बाथको छिटो उपचार भएन भने के हुन्छ ?

– जति सक्दो चाँडो उपचार गरेमा निको हुन सक्छ। तर ढिला भएर असर देखिइसकेपछि पुर्ण निको हुन सम्भव छैन। सामान्य मात्र लक्षण देखिने बित्तिकै उपचारमा जानु नै मुख्य उपाय हो।

नेपालमा बाथरोगी कुन अवस्थामा उपचारमा पुग्छन् ?

– नेपालमा ग्रामिण भेगबाट ढिला उपचारमा आउँछन्। जोर्नीहरु दुखेमा नदुख्ने औषधीको सहारामा लामो समय बस्छन्। समस्या धेरै नै जटिल बन्दै गएपछि मात्र उपचारमा आउने गरेको देखिन्छ। उनीहरु एक पटक स्टेरोइड (बाथमा दिइने औषधी)बर्षौंसम्म आफुखुशी खाइदिने चलनले बाथरोग जटिल बन्ने गरेको देखिन्छ। यसले फोक्सोदेखि मुटुसम्म असर गर्ने भएकोले बाथलाई जोर्नीको रोगको रुपमा मात्र लिएर ढिला उपचारमा आउनु भएन।

नेपालमा ओष्ट्रियो आर्थटाइटिश महिलामा किन बढी हुन्छ ?

– महिलामा हुने हर्मोन,मोटोपना,अन्य रोगहरु मधुमेह,कोलस्ट्रोल जस्ता रोगहरु भएको अवस्था,परिवारमा पहिल्यै अरुलाई यो रोग भएमा,कुनै किसिमको चोटपटक लागेमा पनि यो बाथ हुन्छ। जस्तो खेलाडीलाई कुनै समय चोट लागेको छ भने भविष्यमा गएर अष्टियोआर्थटाइटिश हुने सम्भावना हुन्छ। बंशाणुगत कुरालाई बदल्न सक्दैनौं। तर अन्य जीवनशैली र रोगसित जोडिएको अवस्थालाई नियन्त्रणमा राखेर बाथरोगबाट बच्न सकिन्छ। जस्तो कोलस्ट्रोल,मोटोपनालाई नियन्त्रण गर्न सकिन्छ।

ओष्टियोआर्थंटाइटिशको मुख्य लक्षण के हो ?

– यसको मुख्य लक्षण भनेको ठू– ठूला जोर्नी समात्छ। सवै भन्दा बढी घुँडा,हिप र कुकुृच्चाको जोर्नीमा असर पु-याउँछ। यसको लक्षण उल्टो हुन्छ। यो बाथमा हिंड्दा,सिंढी चढ्दा गाह्राे हुने हुन्छ। कुर्सीबाटै ओर्लिन गाह्राे हुने हुन्छ। जोर्नीमा आवाज आउने हुन्छ। शरिरको हातको औलाहरु सुन्निने,हातका जोर्नीहरु दुख्ने,हातका टुप्पाका जोर्नीमा गिर्खा आउने हुन्छ। केही कुरा समाउन गाह्राे हुने लगायतका लक्षण देखिन्छन्।

यो बाथमा ठूला जोर्नी मात्र किन समात्छ ?

–  चोट लाग्ने सम्भावना पनि तलको जोर्नीमा हुन्छ। भार थेग्ने जोर्नी पनि तलका ठूला जोर्नी नै हुन्। त्यस कारण यसलाई भार पर्छ । कमजोर जोर्नीमा मोटोपना थपियो र भार थेग्नु प-यो भने यसैमा समस्या देखिने हो।

बाथरोगीलाई जाडोमै किन सताउँछ ?

– जाडोमा वातवरणमा परिवर्तन आइ चिसोपना बढेको हुन्छ। चिसोपनाले गर्दा दुखाइ बढी अनुभव हुन्छ। दुखाइ थाहा पाउने अंग बढी संवेदनशिल हुन्छ।

जाडोमा बाथरोगीले कसरी हेरचाह गर्ने त  ?

– जाडोमा औला निलो हुने,रक्तसंचारको कमीले यस्तो हुन्छ। जाडोले रगतका नशाहरु खुम्चाइदिन्छ। यस्ता बिरामीले पंजा,मोजा लगाउने,न्यानो लुगा लगाउने। औषधी नियमित सेवन गर्ने र शरिरलाई न्यानो अवस्थामा राख्ने,हिंडडुल गर्न नछोड्ने जस्ता ख्याल पु-याउनु पर्छ। सामान्य र जाडो अवस्थामा रुघाखोकी लागेका विरामीको छेउछाउमा नजाने गर्नु पर्छ। फ्लु बिरुद्ध र निमोनियाँ बिरुद्धको खोप लगाउनु पर्छ।

यो अस्पतालमा बाथरोगी दैनिक कति आउँछन् ?

– दैनिक ७० देखि ८० जना आउँछन्। जसमा ५० प्रतिशत नयाँ हुन्छन्।

बाथका बिरामीले कस्तो खाना खाने ?

– बाथको रोगीले कस्तो खाना खाने भन्ने विषयमा समाजमा आफ्नै प्रकारका भ्रमहरु छन्। कतिले मासु नै हुँदैन,गेडागुडी खानु हुँदैन,अरु के के खाने कुरा खानु हँुदैन भन्ने भ्रम छ। सामान्य व्यक्तिले जस्ता खाना खानु पर्छ। चिनी,कोल्ड ड्रिकंस नखाने, रक्सी,रातो मासु खानु ,धुमपान खानु हुँदैन।

बाथका बिरामी जाडोमा कसरी हेरचाह गर्ने ?

– जाडोमा बाथ बढ्ने सम्भावना हुने भएकोले चिसो मौसमबाट बच्ने,शरिरलाई सकृय राख्न व्यायम गर्ने,न्यानो कपडा लगाउने लगायतको सर्तकता अपनाउनु पर्छ।

बाथ,हर्मोन र दममा प्रयोग हुने स्टेइड भनेको के हो ?

–  शरिरभित्रै हुने तत्व हो। यो शरिरमा हुन्छ र अर्को बाह्य हुन्छ। हामीले प्रयोग गर्ने भनेको कृत्रिम हर्मोन हो। भित्री स्टेइड हर्मोन हुन्छ। शरिरको कुनै किसिमको रक्तनली,फ्युल संचालन गर्ने काम गर्छ। त्यस बाहेक शरिरमा हुने इन्फलामेशन कम गर्ने काम गर्छ। जुन इन्फलामेशन कम गराउनको लागि यो औषधी दिइन्छ। सुन्निएको,दुखेको समस्यामा दिइन्छ। तर यसको सही रुपमा प्रयोग गरेमा फाइदा गर्छ। ठीक तरिकाले नखाएमा यसले हड्डी खियाउन सक्छ। त्यस कारण यो औषधी चिकित्सकको सल्लाहमा खानु पर्छ।
अर्को समाचार
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
४ घण्टा अघि
•
१ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
काठमाडौं। जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्छन्। त्यतिबेलासम्म रोगले गम्भीर रूप लिइसकेको हुन सक्छ। समयमै रोग पहिचान हुन नसक्दा उपचार जटिल बन्नुका साथै शिशुको ज्यानै जाने जोखिम हुन्छ।




यस्तो जोखिम न्यूनीकरण गर्न जन्मेको केही दिनभित्रै गरिने नवजात शिशु स्क्रिनिङ महत्वपूर्ण मानिन्छ। यस परीक्षणबाट बाहिरबाट स्वस्थ देखिने शिशुमा समेत लुकेर रहेका जन्मजात तथा मेटाबोलिक रोगको जोखिम पहिचान गर्न सकिन्छ।

चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ को प्रतिवेदनअनुसार नेपालमा हाल प्रति एक हजार जीवित जन्ममा १७ नवजात शिशुको मृत्यु हुने गरेको छ। नवजात शिशु मृत्युदर घटाउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आए पनि जन्मजात तथा वंशाणुगत रोग समयमै पहिचान गर्ने परीक्षण प्रणालीको विस्तार आवश्यक देखिएको छ।

यसैलाई ध्यानमा राखेर परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले २०८१ असोज २० गतेदेखि नवजात शिशु स्क्रिनिङ सेवा औपचारिक रूपमा सुरु गरेको हो।

अस्पतालको बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. शैलेन्द्र वीर कर्माचार्यका अनुसार जन्मँदा सामान्य देखिने शिशुमा पनि मेटाबोलिक तथा वंशाणुगत रोग हुन सक्ने भएकाले लक्षण देखिनुअघि नै परीक्षण गरी जोखिम पहिचान गर्न सके उपचार सहज हुन्छ।

'सुरुमा हेर्दा यसमा बढी लगानी गर्नुपर्ने जस्तो देखिए पनि दीर्घकालीन रूपमा यो निकै सस्तो हुन्छ। रोगको पहिचान र उपचार समयमै गर्न सकियो भने बच्चाले पछि धेरै दुःख पाउनुपर्दैन,' उनले भने।

प्रारम्भिक स्क्रिनिङमा कुनै रोगको जोखिम देखिएमा त्यसको पुष्टि गर्न थप परीक्षण गरिन्छ। स्क्रिनिङले रोगको सम्भावना मात्र देखाउने भएकाले त्यसैका आधारमा शिशुलाई रोग लागेको निष्कर्ष निकाल्न मिल्दैन। थप परीक्षणबाट रोग पुष्टि भएपछि आवश्यक उपचार सुरु गरिन्छ।

अहिले अस्पतालमा यो सेवा निःशुल्क उपलब्ध छ। तर अभिभावकमा पर्याप्त जनचेतना नहुँदा अपेक्षाअनुसार सबै नवजात शिशु परीक्षणको दायरामा आउन नसकेको डा. कर्माचार्यले बताए।

'हामी अझै सफलताको चरणमा पुगिसकेका छैनौँ, सुरुवाती चरणमै छौँ। यसबारे पर्याप्त रूपमा सचेतना फैलाउन सकिएको छैन। अब स्क्रिनिङको दायरा अझै बढाउनुपर्ने छ,' उनले भने।

परीक्षणको दायरामा सबै शिशुलाई समेट्न चुनौती

अस्पतालले २०८१ साउनदेखि परीक्षणका रूपमा यो सेवा सञ्चालन गरेको थियो। सुरुमा एक हजार ४० नवजात शिशुको निःशुल्क स्क्रिनिङ गरी कार्यक्रम अघि बढाइएको थियो। पहिलो वर्षमै ५० प्रतिशत नवजात शिशुलाई सेवाको दायरामा ल्याउने लक्ष्य राखिए पनि अपेक्षाअनुसार परीक्षण हुन सकेको छैन।

अस्पतालमा वार्षिक करिब २४ हजार शिशुको जन्म हुने गरेको छ। तर जन्मेको केही समयमै शिशुलाई डिस्चार्ज गरेर लैजाने र अभिभावकमा परीक्षणबारे पर्याप्त जानकारी नहुँदा सबैलाई सेवामा समेट्न कठिन भएको अस्पतालको भनाइ छ।

अस्पतालकी प्याथोलोजी विभाग प्रमुख डा. करिश्मा मल्ल वैद्यका अनुसार सेवा सुरु भएदेखि कात्तिकसम्म १५ हजारवटा परीक्षण गरिएको छ। तीमध्ये १६५ वटाको नतिजा शंकास्पद पोजिटिभ आएको छ भने ५० भन्दा बढीमा थप परीक्षणबाट रोगको पुष्टि भएको छ। शंकास्पद नतिजा आएका कतिपय शिशुका अभिभावक थप परीक्षणका लागि नआउने गरेकाले रोग पुष्टि भएका शिशुको सङ्ख्या कम देखिएको उनले बताइन्।

'हाल हामीले सातवटा प्यारामिटरमा परीक्षण गरिरहेका छौँ। भविष्यमा बजेट थपिएमा परीक्षणको दायरा पनि बढाउँदै लैजाने सोच छ। अस्पतालमा बिरामीको चाप धेरै छ। सबै शिशुको परीक्षण गर्ने प्रयास गरे पनि धेरैलाई समेट्न सकेका छैनौँ। अभिभावकलाई परामर्श दिने गरेका छौँ, तर अझै सबै शिशु परीक्षणको दायरामा आएका छैनन्,' उनले भनिन्।

शिशु जन्मेको २४ घण्टापछि रगतको नमुना सङ्कलन गरेर परीक्षण गरिन्छ। सियोले कुर्कुच्चामा घोची थोरै रगत निकालेर विशेष विधिबाट परीक्षण गर्ने गरिएको छ। परीक्षणमा रोगको जोखिम देखिएमा थप परीक्षण आवश्यक हुन्छ।

डा. वैद्यका अनुसार सरकारी स्तरमा नवजात शिशुको यस्तो स्क्रिनिङ सेवा उपलब्ध गराउने अस्पताल हाल प्रसूति अस्पताल मात्र हो। अहिले अस्पतालमा जन्मिएका शिशुको मात्र परीक्षण भइरहेको छ। आगामी दिनमा अन्य अस्पतालमा जन्मिएका शिशुको समेत निश्चित शुल्क लिएर परीक्षण गर्ने योजना रहेको उनले बताइन्।

सात प्रकारका रोगको परीक्षण

नवजात शिशु स्क्रिनिङ जन्मेको केही समयभित्र गरिने परीक्षण प्रक्रिया हो। यसबाट बच्चा बाहिरबाट स्वस्थ देखिए पनि शरीरभित्र लुकेर रहेका केही जन्मजात, मेटाबोलिक तथा वंशाणुगत रोगको जोखिम पहिचान गरिन्छ। सामान्यतया जन्मेको २४ देखि ७२ घण्टाभित्र रगतको नमुना लिएर गरिने यस परीक्षणलाई ‘ब्लड स्पट टेस्ट’ पनि भनिन्छ।

प्रसूति अस्पतालमा हाल सात प्रकारका रोग तथा अवस्थाको स्क्रिनिङ भइरहेको छ। तीमध्ये जन्मजात थाइराइड हर्मोनको कमी, जी–६–पीडीको कमी, फेनाइलकेटोनुरिया, सिस्टिक फाइब्रोसिस, ग्यालेक्टोसेमिया, जन्मजात एड्रिनल हाइपरप्लासिया र बायोटिनिडेजको कमी रहेका छन्।

यी रोगले शिशुको शारीरिक तथा मानसिक विकासमा असर पार्न सक्छन्। जन्मजात थाइराइड हर्मोनको कमी हुँदा समयमै उपचार नभए मस्तिष्कको विकास प्रभावित हुन सक्छ। जी–६–पीडीको कमी भएका शिशुमा केही औषधि, संक्रमण वा अन्य कारणले रातो रक्तकोषिका फुट्ने जोखिम हुन्छ।

त्यस्तै, फेनाइलकेटोनुरिया भएका व्यक्तिको शरीरले फेनाइलएलानाइन नामक एमिनो एसिड प्रशोधन गर्न सक्दैन भने ग्यालेक्टोसेमियामा दूधमा पाइने ग्यालेक्टोज प्रशोधन गर्न समस्या हुन्छ। सिस्टिक फाइब्रोसिसले फोक्सो र पाचन प्रणालीमा असर गर्छ। बायोटिनिडेजको कमी हुँदा शरीरले बायोटिन भिटामिन प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन। जन्मजात एड्रिनल हाइपरप्लासियामा एड्रिनल ग्रन्थिबाट हर्मोन उत्पादनमा समस्या हुन्छ।

यीमध्ये कतिपय रोग भएका शिशु जन्मँदा सामान्य देखिए पनि केही दिनपछि लक्षण देखिन थाल्छन्। समयमै पहिचान र उपचार हुन नसके गम्भीर स्वास्थ्य समस्या, मानसिक विकासमा अवरोध, अपाङ्गता तथा मृत्युको जोखिम हुन सक्छ। त्यसैले लक्षण देखिनुअघि नै परीक्षण गरेर जोखिम पहिचान गर्नुलाई महत्वपूर्ण मानिन्छ।

नवजात शिशुको मृत्युका प्रमुख कारणमा संक्रमण, जन्मने क्रममा निस्सासिनु, समय नपुगी जन्मनु र कम तौल हुनु रहेका छन्। तर कतिपय अवस्थामा मृत्युको वास्तविक कारण पहिचान गर्न कठिन हुने गरेको अस्पतालका निर्देशक डा. अधिकारीले बताए। केही अवस्थामा मेटाबोलिक रोग पनि मृत्युको कारण हुन सक्ने भएकाले यस्ता रोग पहिचान गर्न विशेष परीक्षण आवश्यक रहेको उनको भनाइ छ।

'नवजात शिशुमा हुन सक्ने मेटाबोलिक रोग पहिचान गरी समयमै उपचार गर्न सके मृत्युदर घटाउन सहयोग पुग्छ। यस परीक्षणले केही हदसम्म योगदान पुर्‍याएको छ,' उनले भने।

विकसित देशमा व्यापक, नेपालमा सीमित

विश्वका विकसित मुलुकमा नवजात शिशु जन्मिएपछि विभिन्न जन्मजात, वंशाणुगत तथा मेटाबोलिक रोगको स्क्रिनिङ गर्ने व्यवस्था छ। देशअनुसार परीक्षण गरिने रोगको सङ्ख्या फरक भए पनि धेरै मुलुकमा रगत परीक्षणसँगै श्रवण र मुटुसम्बन्धी स्क्रिनिङलाई नवजात शिशु स्वास्थ्य सेवाको हिस्सा बनाइएको छ।

उदाहरणका लागि अमेरिकामा सिफारिस गरिएको मुख्य परीक्षण सूचीमा ३५ प्रकारका रोग तथा अवस्था समावेश छन्। बेलायतमा १० र जर्मनीमा १९ प्रकारका रोगको स्क्रिनिङ गरिन्छ। अन्य मुलुकमा पनि स्वास्थ्य नीति र उपलब्ध प्रविधिअनुसार परीक्षणको दायरा निर्धारण गरिएको छ।

यस्ता कार्यक्रमले जन्मजात रोग समयमै पहिचान गरी उपचार सुरु गर्न सहयोग पुर्‍याउँछन्। यसबाट रोगका कारण हुन सक्ने दीर्घकालीन स्वास्थ्य समस्या, अपाङ्गता तथा केही अवस्थामा मृत्युको जोखिम कम गर्न सकिन्छ।

दिगो विकास लक्ष्य हासिल गर्न पनि स्क्रिनिङ आवश्यक

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपालले नवजात शिशु मृत्युदर प्रति एक हजार जीवित जन्ममा १२ मा झार्ने लक्ष्य राखेको छ। हालको मृत्युदर १७ रहेकाले लक्ष्य हासिल गर्न थप प्रयास आवश्यक देखिन्छ।

नेपालमा नवजात शिशु मृत्युदर घटाउन गर्भावस्थादेखि नै गुणस्तरीय मातृ तथा नवजात स्वास्थ्य सेवा, दक्ष स्वास्थ्यकर्मी, समयमै उपचार र स्वास्थ्य प्रविधिमा पहुँच विस्तार गर्नुपर्ने हुन्छ। त्यससँगै जन्मजात तथा वंशाणुगत रोग पहिचान गर्ने परीक्षणलाई पनि स्वास्थ्य सेवाको नियमित हिस्सा बनाउनुपर्ने विज्ञहरूको जोड छ।

नवजात शिशु स्क्रिनिङ सामान्य र तुलनात्मक रूपमा छिटो हुने परीक्षण प्रक्रिया भए पनि यसले भविष्यमा देखिन सक्ने गम्भीर स्वास्थ्य समस्याको जोखिम पहिचान गर्न मद्दत गर्छ। परीक्षणबाट जोखिम देखिएका शिशुलाई थप परीक्षण र उपचारको पहुँचमा पुर्‍याउन सके शारीरिक तथा मानसिक विकासमा हुन सक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ।

बालरोग विभागका वरिष्ठ कन्सल्टेन्ट डा. कर्माचार्यका अनुसार सबै नवजात शिशुलाई स्क्रिनिङको पहुँचमा ल्याउन सके जन्मजात विकारका कारण हुने रोकथामयोग्य मृत्यु घटाउन सहयोग पुग्नेछ। त्यसका लागि सेवा अस्पतालमा मात्र सीमित नराखी विस्तार गर्न, पर्याप्त बजेट व्यवस्था गर्न, नमुना सङ्कलन प्रणाली प्रभावकारी बनाउन र अभिभावकमा जनचेतना अभिवृद्धि गर्न आवश्यक छ।

जन्मेको केही दिनमै गरिने सामान्य परीक्षणले शिशुको जीवनभरको स्वास्थ्यमा महत्वपूर्ण प्रभाव पार्न सक्छ। त्यसैले नवजात शिशु स्क्रिनिङलाई वैकल्पिक परीक्षणका रूपमा मात्र नभई नवजात स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नु आवश्यक रहेको उनको भनाइ छ।
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
शिक्षा
Clock २ मिनेट अघि | १ मिनेट पाठ
शिक्षाको ऋण तिर्न पूर्वविद्यार्थीको पहल, ४१ जनाको पहलमा अक्षयकोष स्थापना
प्रधानाध्यापकको कुर्सीमा बसेर विद्यालयको अवस्था नियाल्दा उनलाई एउटा प्रश्नले सधैँ घोचिरहन्थ्यो, आफूलाई शिक्षा दिएर जीवनको बाटो देखाउने विद्यालयका लागि...
Whatsapp
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
प्रेस स्वतन्त्रताप्रति कम्प्रमाइज हुँदैन : रास्वपा महामन्त्री आचार्य
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति रास्वपा प्रतिबद्ध रहेको बताएका छन्।
Whatsapp
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
प्रधानमन्त्रीलाई बाबुरामको सुझाव : दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई ‘गतिशील सेतु’ बनाऔँ
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र शाहलाई दुई ठुला छिमेकी अर्थतन्त्रबिच नेपाललाई गतिशील सेतु बनाउने दिशामा अघि बढ्न सुझाव दि...
Whatsapp
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
भारतविरुद्धको दोस्रो टेस्टमा न्युजिल्यान्ड बलियो स्थितिमा
आइतबार तेस्रो दिनको खेलको समाप्तिमा २४३ रनको अग्रता बनाएसँगै न्युजिल्यान्डले दोस्रो टेस्टमा पकड बनाएको हो। 
Whatsapp
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
विना धितो कर्जा र केयर इकोनोमी पोलिसीमा काम अघि बढेको छ : मन्त्री यादव
मन्त्री यादवले विना धितो कर्जा, उद्यमशीलता र केयर इकोनोमी पोलिसी जस्ता विषयहरूमा समेत काम अघि बढेको बताए।
Whatsapp
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस