काठमाडौं- ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट भारतले दिएको ८० मेगावाट बिजुली शनिबारदेखि नेपाल आएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद भवनमा संयुक्तरुपमा 'स्विच अन' गरी बिजुली प्रसारण गरेका हुन्।भारतले ८० मेगावाट दिने भने पनि नेपाल विद्युत प्राधिकरण र भारतको एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडबीच करिब ७० मेगावाट आयात गर्ने सम्झौता भएको थियो। १० देखि १२ मेगावाटसम्म बिजुली आयात थपघट गर्न सकिने हुँदा ७० मेगावाटमा मात्र सम्झौता भएको प्राधिकरण भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले बताए।
'७० मेगावाट लिउ या तिर (टेक अर पे) मा सम्झौता भएको हो, तर आवश्यक पर्दा ८० मेगावाटसम्म ल्याउन सकिन्छ,' उनले शनिबार नागरिकसँग भने, 'यसले तत्काल लोडसेडिङमा असर गर्दैन, प्रसारणको एक सातापछि तालिकामा हेरफेर हुन सक्छ।'
बिजुली आयात गर्न सोमबार दुवै निकायबीच सम्झौता हुँदा भारतबाट बिजुली आएपछि लोडसेडिङ करिब दुई घन्टा कम हुने प्राधिकरण अधिकारीले बताएका थिए। ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन ४०० केभीमा निर्माण भए पनि नेपालतर्फ सबस्टेसन तयार नभएकाले तत्काल १३२ केभीमै चार्ज गरेर बिजुली ल्याउन लागिएको हो।
सुरुमा भारतको ऊर्जा दलाल कम्पनी (पिटिसी) सँग बिजुली किन्ने सहमति भएको थियो। नेपाल–भारत ऊर्जा सचिवस्तरको बैठकमा भारतले 'नोडल एजेन्सी (बिजुली बेच्ने कम्पनी)' एनटिपिसीलाई तोकेको थियो। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुरबाट ल्याउने बिजुली टनकपुरबाट किनिरहेको मूल्य भारु प्रतियुनिट तीन रुपैयाँ ४४ पैसा (करिब पाँच रुपैयाँ ५० पैसा) मा किन्ने सम्झौता भएको हो।
नोडल एजेन्सी फेरिएपछि बिजुली महँगो पर्ने (प्रतियुनिट करिब १३ रुपैयाँ) हुँदा प्राधिकरणले सस्तो बिजुली दिन भारतसँग निरन्तर आग्रह गर्दै आएको थियो। 'सर्वसाधारणले लोडसेडिङको मार खेपिरहेको बेला भारतबाट आउने बिजुलीले ठूलो राहत दिने प्राधिकरण कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउँछन् 'उताबाट आएको असर हेरेपछि लोडसेडिङ थपघट हुनेछ,' उनले शनिबार साँझ नागरिकसँग भने।
नदी तथा खोलामा पानीको बहाब घट्ने क्रम फागुनको अन्तिमसम्म कायम हुने हुँदा यहाँ हुने कम उत्पादनलाई भारतबाट आयातित बिजुलीले राहत दिने विश्वास गरिएको छ। करिब एक हजार तीन सय मेगावाट रहेको माग भारतले नाकाबन्दी गरेपछि स्वाट्टै बढेर झन्डै एक हजार आठ सय मेगावाट पुगेको थियो।
प्राधिकरणले यो वर्षको हिउँदमा दैनिक १० घन्टामा लोडसेडिङ कायम गर्ने भने पनि अप्रत्यासित रुपमा माग बढेपछि बढाएर दैनिक १३ घन्टासम्म पुर्या१एको छ। नेपालको जडित क्षमता अहिलेसम्म करिब आठ सय मेगावाट पुगेको छ। तर, हिउँदमा तीन सय मेगावाटभन्दा बढी आपूर्ति हुँदैन।
हिउँदमा बिजुलीको माग र आपूर्ति व्यवस्थापन गर्न ९२ मेगावाटको कुलेखानी जलाशय र भारतबाट आयात हुने बिजुलीमा नै भर पर्नुपरेको छ। प्राधिकरणले यो वर्ष भारतबाट अधिकतम दुई सय ४० मेगावाटसम्म आयात गरेको छ। पछिल्लो समयको आयात दुई सय ३० मेगावाट रहेको प्राधिकरणले जनाएको छ।
ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण भए अर्को वर्षसम्म अन्तरदेशीय प्रसारण लाइनबाट मात्र करिब सय मेगावाटभन्दा बढी आयात गर्न सकिन्छ। अर्को वर्षको हिउँदसम्म भारतबाट करिब ६ सय मेगावाट बिजुली भारतबाट आयात गर्ने लक्ष्य छ। अन्तरदेशीय प्रसारण लाइन ४०० केभीमा चार्ज भएपछि त्यहाँबाट १२ सय मेगावाटसम्म ल्याउन सकिन्छ।
सरकारले ऊर्जा संकट निवारणकाल घोषणाको तयारी गर्दै तीन वर्षभित्र एक हजार चार सय ५० मेगावाट बिजुली स्वदेशमै उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तै सन् २०१७ को अन्तसम्म भारतबाट करिब नौ सय ३० मेगावाट खरिद गर्ने लक्ष्य छ। यो दुवै जोड्दा तीन वर्षपछिको माग सजिलै पूरा हुने सरकारको दाबी छ।
बंगलादेशसँग सोझै पारवहन पहुँच
भारतले नेपाललाई आफ्नो भूमि प्रयोग गरेर सोझै बंगलादेशसम्मको पारवहन सुविधा दिन सहमति जनाएको छ। झापाको काँकडभिट्टादेखि बंगलादेशको बंगलाबन्दसम्म रेलमार्ग उपयोग गर्न सहमति दिएको हो।
भारतको ६ दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी नरेन्द्र मोदीबीच पारवहन प्रयोग गर्नेबारे शनिबार नयाँ दिल्ली हैदरावाद भवनमा सम्झौता भएको हो। बंगलादेशले नेपालबाट बिजुलीसमेत लैजान भारतीय भूमि उपयोग गर्न दिनुपर्ने भन्दै लामो समयदेखि आग्रह गर्दै आएको छ। यसबारे भने भारतले प्रतिक्रिया दिएको छैन।
सोझो पारवहन सुविधासँगै शनिबार दुई प्रधानमन्त्रीबीच भएको सम्झौतामा नेपालले तेस्रो मुलुकसँग व्यापार विस्तार गर्न विशाखापटनम बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। यो बन्दरगाह प्रयोगमा ल्याउनेबारे लामो समयदेखि दुई देशबीच छलफल हुँदै आएको थियो। पछिल्लो समय नेपालले सक्रियता नदेखाउँदा भारतले समेत यसमा बेवास्ता गरेको थियो।
भारतले तराईमा निर्माणधीन सडक स्तरोन्नति गर्न पनि सहयोग गर्ने वचन दिएको छ। तर, उसकै सहयोगमा निर्माण तथा स्तरोन्नति गर्ने भनिएका हुलाकी सडकको काम अहिले अलपत्र छ। भारतीय ठेकेदारले काम छोडेर भागेपछि पुनः सुरु हुन सकेको छैन।
दुई देशबीच शनिबार भएका थप सम्झौतामा भूकम्पका बेला भारतले घोषणा गरेको एक खर्ब रुपैयाँ सहयोगमध्ये २५ अर्ब रुपैयाँ सहुलियतमा रुपान्तरण गरिएको छ। २०७१ साउनमा नेपालको औपचारिक भ्रमणमा आउँदा मोदीले घोषणा गरेको एक खर्ब रुपैयाँको सहयोग उपयोग गर्ने खाका भने अझैसम्म बनेको छैन।