संघीयताको निर्माण
२९ पौष २०६९
•
१३ मिनेट पाठ
संघीयताको निर्माण
हाम्रो मुलुकमा संघीयताको विषयमा व्याख्यानसहितको प्रस्तुति नेपाली कांग्रेसका नेता नरहरि आचार्यले गर्नुभएको थियो। त्यसो त तराई-मधेस राज्यको छुट्टै माग तराई कांग्रेसका पिता वेदानन्द झाले २००७ को क्रान्तिपश्चात् नगरेका होइनन्। माओवादीहरूले उत्पीडित वर्ग, जनजाति तथा सीमान्तकृत समूहको उत्थानका नाममा राज्यहरू नै गठन गरिदिए। तर पनि संघीयताको सवाललाई तराई-मधेस आन्दोलनले आँधीबेहरीका रूपमा दोस्रो जनआन्दोलसँगै प्रस्तुत गर्यो । अन्ततः अन्तरिम संविधानमा मुलुक संघीयतामा जाने निर्णय समावेश गरियो।

संघीयताको आगमन मुलुकमा बहस चलाएर गरिएको थिएन। जनआन्दोलनको सफलतापश्चात् जो कसैले पनि आफ्नो माग सशक्तरूपमा प्रस्तुत गर्योए भने त्यो नै नेपाली जनताको माग बन्ने परम्परा चलेको छ। त्यसैअनुसार संघीयता पनि जनचाहनाको विषय बन्यो। जनचाहनाको विषय भएको अनि अन्तरिम संविधानमा समोवश भइसकेको मुद्दा भएको हुनाले यस विषयमा छलफल चलाउँदा पनि संघीयता विरोधीको विल्ला लाग्न पुग्यो। यसले गर्दा किन संघीयता? कस्तो किसिमको संघीयता? जस्ता विषयमा छलफलै हुन पाएन। केन्द्रदेखि गाउँ-गाउँसम्म यस्ता प्रश्नको उत्तर खोज्ने कार्य नै औचित्यहीन बन्न पुग्यो। एउटा खेमाको आधिपत्य स्थापित हुने संघीयता आयो भने मुलुकको अखण्डतामा प्रश्न आउँछ अनि देश विखण्डनतर्फ उन्मुख हुन्छ भन्ने तर्क गर्नेहरूले आफ्नो कुरा जमाए। अर्को पक्ष भने आफ्नो किसिमको संघीयताको परिभाषा तथा अनुकूल वा सुविधामुताबिक त्यसको पक्षमा उभिन थाले। जस्तो कि तराई-मधेस एउटै प्रदेश हुनुपर्ने र अनि जातीय आधारमा नै राज्यहरू बन्नुपर्ने। यी धारणालाई कुनै पनि राजनीतिक शक्ति वा प्रबुद्ध वर्गले मध्यमार्गीय रणनीति अपनाएर सबैलाई चित्त बुझाउने वा कसैको पनि हार नहुने किसिमको बाटो खोज्न ध्यान दिएनन्। यसले गर्दा संविधान सभाको मृत्युको प्रमुख कारण नै संघीयता बन्न पुग्यो।

माथि उल्लिखित परिस्थितिमा पनि नेपालका लागि निकासको बाटो खोज्ने प्रक्रियामा तीन व्यक्ति लागिपरेका थिए/छन्। ती हुन् नागरिकका प्रधान सम्पादक एवं सेन्टर फर प्रोफेसनल जर्नलिज्मका अध्यक्ष किशोर नेपाल, विश्व बैंकमा लामो समयसम्म कार्यरत् तथा जापानको हितोत्सुबासी विश्वविद्यालयका प्राध्यापक डा. हिसानोबु सिसिडो र प्राध्यापक सिन्जी आसानुमा। नेपालको कुनाकुनामा गएर सूचनाको अधिकारका विषयमा जागरण फैलाउँदै जनभावनाको अध्ययनमा लागेका नेपाल तीन दशकदेखि विश्व बैंकसँग आबद्ध भएर नेपालको विकास प्रक्रियाको गहिरो अध्ययन गरेका डा. सिसिडो तथा विश्व बैंकको उच्च पदमा कार्य गर्दै नेपालका विशेषज्ञका रूपमा परिचित प्राध्यापक आसानुमाले संघीयतालाई नारामा नभएर मुलुकको वास्तविकताका आधारमा प्रणालीगत स्वरूप र खाका कोरेका हुन्।

उहाँहरूले प्रथम चरणमा मृत्युपूर्वको संविधान सभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलसँग सम्बन्धित माननीय सदस्यलाई संघीय प्रणाली अपनाएका विकासशील मुलुकहरू, संघीयता नअपनाएका तर लामो द्वन्द्वपश्चात् आर्थिक वृद्धिदर हासिल गर्न सफल राष्ट्रहरू र दोस्रो विश्वयुद्धमा तहसनहस भएर पनि विकसित राष्ट्र भएका मुलुकहरू जस्तै कम्बोडिया, भियतनाम, जापान र दक्षिण अफ्रिकाको अध्ययन भ्रमणमा लैजानुभयो। भ्रमणबाट मुलुक फर्केपछि सदस्यबीच विकास र संघीयताका विषयमा केन्द्रित भएर गोष्ठीहरूको शृखला नै सुरु गर्नुभयो। ती गोष्ठीमा विशिष्ट राजनीतिक व्यक्तित्वदेखि विद्वान् वर्गलाई समावेश गरिएको थियो। पछिल्लो पटक गोष्ठीमा भने राजनीतिक पार्टीहरूसँग आबद्ध भएका युवा नेता जसले आ-आफ्ना पार्टीमा प्रभाव पार्न सक्छन्, लाई समावेश गरिएको थियो। सुक्ष्मदेखि सुक्ष्म विषयलाई दृष्टिगत गरेर माथि उल्लिखित प्रक्रियामा प्राध्यापक आसानुमाले आफ्नो कार्यपत्रलाई परिमार्जन गर्नुभएको छ। केही दिनपहिले पुनः एक पटक राजनीतिक व्यक्तित्वहरूलाई निम्त्याएर दुवै प्राध्यापकले आफ्नो कार्यपत्र छलफलका निमित्त प्रस्तुत गर्नुभयो। यसपटक चाहिँ प्राध्यापक सिसिडोको विकासका निमित्त आवश्यक नीतिहरू समेत समावेश गरिएको कार्यपत्र प्रस्तुतिपछि प्राध्यापक आसानुमाले नयाँ नेपालका निमित्त संघीयताको निर्माणबारे कार्यपत्र प्रस्तुत गर्नुभयो। उहाँहरूले संघीयताको आवश्यकता स्वार्थ पूरा गर्न नभएर मुलुकबासीको जीवनस्तर उठाउनका निमित्त भएको सल्लाह दिनुभएको छ।

प्राध्यापक सिसिडोको कार्यपत्र खुल्ला बजारमुखी अर्थतन्त्र अपनाएर छिटो आर्थिक उन्नति गर्न सकिन्छ भन्ने मान्यतामा आधारित छ। उहाँले बजारमुखी अर्थतन्त्रमा पनि सामाजिक सुरक्षा गर्न सकिने तथा संस्थागत नीति र कार्यक्रम इमानदारीसाथ कार्यान्वयन गर्न सकेको खण्डमा नेपालको उन्नति अपरिहार्य हुने विश्वास व्यक्त गर्नुभएको छ। अनुदान तथा संरक्षण जस्ता नीतिहरूको अवलम्बन भयो भने विकास प्रक्रियाले गति पाउन सक्दैन भन्ने सिद्धान्तमा आधारित उहाँको कार्यपत्र केन्द्र सरकारको मातहतमा नै स्रोत र साधनको परिचालन एवं बाँडफाँट हुनुपर्नेमा आधारित थियो। प्राध्यापक आसानुमाले त संघीयताको मोडलको आवश्यक पूर्जाहरूसमेत जुटाउँदै कसरी नेपालले संघीय प्रणालीअनुसार समावेशी विकास प्रक्रिया सुरु गर्न सक्छ भन्ने विस्तुत 'रोडम्याप' नै तयार पार्नुभएको छ जसलाई बडो सरल र सहज ढंगबाट प्रस्तुत गरिएको छ।

प्राध्यापक आसानुमाले नेपाललाई विभिन्न राज्य र संस्कृतिहरूको संगम भएको तर एउटै अर्थतन्त्र भएको मुलुकको रूपमा प्रस्तुत गर्ने खाका कोर्नुभएको छ। बारम्बार नेपाल एउटा रंगीबिरंगी 'सिंगमरमर' भएको हुनाले यसको स्वरूप नबिगारी संघीयतामा जाँदा मुलुकको हित हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ। राजनीतिक समझदारीमा आधारित तर प्रतिस्पर्धात्मक प्रजातान्त्रिक प्रणालीको आधारमा अघि बढ्नुपर्ने उहाँको सुझाव छ। विद्यमान भौगोलिक संरचना तथा स्रोत र साधनहरूको असमानताबीच पनि सन्तुलित एवं समावेशी विकास सम्भव छ भन्ने उहाँको तर्क छ। केन्द्र र राज्यबीचको सम्बन्धका विषयमा केन्द्रले सुरक्षा, परराष्ट्र नीति, प्राकृतिक स्रोत, आर्थिक एवं भौतिक पूर्वाधार विकास निर्माण तथा संकलन गरिएको पुँजी तथा साधनहरूको वितरण हुनुपर्नेमा आसानुमाले जोड दिनुभएको छ। अनि राज्यहरूको दायित्व भनेको स्वतन्त्रताको आधारमा सामाजिक, सांस्कृतिक तथा स्थानीय विकासको सम्पूर्ण अभिभारा हुनुपर्ने छ। केन्द्रबाट संकलन गरिएको राजस्व तथा अन्य स्रोतहरूको बाँडफाँट प्रक्रिया राज्यहरूको आवश्यकता मुताबिक अधिकारका रूपमा स्थापित गर्नुपर्ने उहाँको धारणा छ।

आफ्नो मोडललाई पूर्ण रूप दिँदा प्राध्यापक आसानुमाले केन्द्र तथा राज्य र राज्य-राज्यहरूबीच उठेका विवादको कानुनी निकास दिन संघीय अदालतको प्रावधान राख्नुभएको छ। त्यसैगरी दुई सदन भएको संसद जसमा निर्वाचन क्षेत्रबाट चुनिएर आएका सांसदद्वारा सरकारको निर्माण तथा राज्यहरूको हित र अधिकार कायम गर्ने निकायको रूपमा माथिल्लो सदनको प्रावधान गरिएको छ। माथिल्लो सदनमा प्रत्येक राज्यले दुई सदस्यहरू प्रतिनिधिका रूपमा केन्द्रमा पठाउने व्यवस्था हुनुपर्ने उहाँको सुझाव छ। वित्तीय अनुशासन कायम गर्न तथा स्रोत र साधनहरूको न्यायोचित वितरणका निमित्त भने उहाँले एउटा वित्तीय आयोग प्रस्ताव गर्नुभएको छ जसले निष्पक्षरूपमा सरकारलाई स्रोतसाधनहरूको बाँडफाँट सम्बन्धमा रायसल्लाह दिन सकोस्। तल्लो आयोगका सदस्यहरूचाहिँ प्राविधिक हुनुपर्ने उहाँको मान्यता छ।
संघीयताको माध्यमबाट हाम्रो मुलुकको आर्थिक उन्नति कसरी गर्न सकिन्छ भनेर एउटा बलियो आधारशीलाको निर्माण नै दुई प्राध्यापक र एक पत्रकारको रुचि देखिन्छ। प्रश्न केवल हाम्रो राजनीतिक तथा बौद्धिक क्षेत्रको मात्र हो, जसले आ-आफ्नो संघीयताका खाका कोरिसकेका छन्। मुख्यतया राजनीतिक व्यक्ति तथा तिनका पार्टीहरूले जनसमक्ष थुप्रै प्रतिज्ञा गरिसकेका छन्। तिनको मनमस्तिष्क बदलेर पूर्व धारणा परिमार्जन वा परिवर्तन गरेर मुलुकको हितमा रहेको जापानी प्राध्यापकहरूको रायसल्लाह कति ग्राह्य हुनेछ भन्ने नै हो।
अर्को समाचार
लोकतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धनः अध्यक्ष नेपाल
२० मंसिर २०७८
•
१ मिनेट पाठ
लोकतन्त्र र संघीयताको रक्षा गर्न गठबन्धनः अध्यक्ष नेपाल
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्रको सुदृढीकरण तथा संघीयताको रक्षा गर्न राजनीतिक दलबीच गठबन्धन निर्माण भएको बताएका छन्। लोकतन्त्र, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गर्न सत्तारूढ दलहरुबीच आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने उनले उल्लेख गरे।

पार्टी सम्बद्ध नेपाल खेलकुद महासङ्घ समाजवादीले आज दमकमा आयोजनामा गरेको प्रदेशस्तरीय खेलकुद तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले भने, “तीनै तहका निर्वाचनमा सत्तारूढ दलहरुको गठबन्धनले थप सफलता हासिल गर्छ, त्यसमा द्विविधा छैन।” नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आयोजित प्रदेशस्तरीय खेलकुद कार्यक्रममा अध्यक्ष नेपालले ओलीको अहम्ताका कारण कम्युनिष्ट पार्टी विभाजित हुन पुगेको आरोप लगाए। आउँदो निर्वाचनमा एकीकृत समाजवादी जनताको लोकप्रिय पार्टीका रुपमा स्थापित हुने उनले दाबी गरे।

पार्टीका प्रदेश नं १ कमिटीका अध्यक्ष एवम प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकतन्त्र र सङ्घीयताको कार्यान्वयन गर्दै देशलाई समृद्धितर्फ लैजान साझा चुनौती भएको उल्लेख गरे। पार्टीका केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले एमाले कम्युनिष्टका नाममा पलायनतर्फ उन्मुख भएकाले त्यसको विकल्पमा देशभक्ति कम्युनिष्टहरुबीच एकता निर्माण गर्ने लक्ष्यका साथ एकीकृत समाजवादी जनताका बीचमा आएको स्पष्ट पारे।

भेलामा प्रदेश नं १ अन्तर्गतका १४ जिल्लाका  खेलाडीसहित पार्टी कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल खेलकुद महासङ्घ समाजवादीका केन्द्रीय अध्यक्ष केशवबहादुर विष्टलगायतले आफ्नो धारणा राखेका थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस